महानगरका कर्मचारी आन्दोलित

महानगरका कर्मचारी आन्दोलित

वीरगन्ज : वीरगन्ज महानगरपालिका कर्मचारी बिहीबारदेखि कामकाज ठप्प पारेर अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन्।कर्मचारी आन्दोलनमा उत्रिएका कारण बिहीबारदेखि महानगरपालिकाको काम ठप्प भएको छ।कर्मचारीको अनिश्चितकालिन आन्दोलनका कारण महानगरपालिकामा वारुण यन्त्र शाखाको काम बाहेक महानगरको फोहोर संकलन, कार्यालयका प्रशासनिकलगायतका सबै कामकाज ठप्प भएको हो। 

कर्मचारीको आन्दोलनमा शिक्षक शिक्षिकाले पनि समर्थन र साथ दिएका कारण महानगर क्षेत्रका सामुदायिक विद्यालयमा बिहीबारदेखि पठनपाठन पनि प्रभावित भएको छ। स्थानीय तह कर्मचारी संघ नेपाल वीरगन्ज महानगरपालिका इकाइ र नेपाल नगरपालिका कर्मचारी एशोसिएसन वीरगन्ज महानगरपालिका इकाइ समितिको आह्वानमा महानगरपालिकामा अस्थायी, करार र ज्यालादारी गरी कार्यरत पाँच सय ७० जना कर्मचारी कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनरत कर्मचारीले निजामति कर्मचारीलाई कार्यालयमा पस्न पनि दिएका छैनन्।अस्थायी,करार र ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीको वृतिविकास र बढुवा हुनुपर्ने, तहगत दरबन्दी लागू गर्नुपर्नेलगायतका माग आन्दोलनरत कर्मचारीको छ। 

आफ्ना मागका बारेमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशाकीय अधिकृतलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीय तह कर्मचारी संघ नेपाल वीरगन्ज महानगरपालिकाको इकाइ अध्यक्ष मुकेश गुप्ताले बताए। 

हामीले गत भदौ २० गते देखि नै पटकपटक ज्ञापन पत्र बुझायौं, पुष २ देखि १० गते सम्म धर्ना पनि दियौं तर हाम्रो मागको कुनै सुनुवाइ नै भएन, अध्यक्ष गुप्ताले भने, 'मेयर र प्रमुख प्रशाकीय अधिकृतले हाम्रो माग सुनुवाइ गर्नुको सट्टा उल्टै हाम्रो आन्दोलनलाइ दवाउने कोसिस मात्र गरे, त्यहि भएर बिहीबारदेखि कामकाज नै रोकेर अनिश्चितकालिन हडतालमा उत्रिएका हौं, हाम्रा माग पूरा नभएसम्म हडताल जारी रहन्छ। 

संगठन तालिका एवं दरबन्दी लागू गर्न खोजिएको र महानगरपालिकाको आय श्रोत र साधनले धान्नै नसक्ने गरी निजामति तर्फका कर्मचारी मात्रै थुपारेर स्थानीय तहका कर्मचारीलाई वेवास्था गरेपछि आन्दोलन गर्नु परेको अध्यक्ष गुप्ताले बताए।

तर वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले भने मुलुकमा संघीय संचरनामा गएपछि संघीय सकारकारले कर्मचारी समायोजन गर्न खोज्दा त्यही निहु बनाएर महानगरका कर्मचारीले बखेडा झिकेको बताए।

स्थानीय तहमा संघीय सरकारले गरेको सरुवा बढुवाको विषयमा असन्तुष्ट कर्मचारीले आन्दोलन गरेको भन्दै सरावगीले भने ,‘ कर्मचारीको झगडा संघीय सरकारको हो, स्थानीय सरकारसँग होइन।' उनले कर्मचारी समायोजनका विषयमा केन्द्र सरकारले गरेको निर्णय उल्टाउने अधिकार स्थानीय सरकारसँग नभएको पनि बताए।  आन्दोलनरत कर्मचारीले राखेको माग सम्बोधन गर्ने स्थानीय सरकारसँग क्षेत्राधिकार नै छैन, उनले भने, 'यस विषयमा संघीय सरकारले नै निर्णय गर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.