काठमाडौँमा चोरको बिगबिगी, कोठा फोर्दै, रित्याउँदै

काठमाडौँमा चोरको बिगबिगी, कोठा फोर्दै, रित्याउँदै

काठमाडौं : पछिल्लो समय काठमाडौँमा चोरीका घटना तीब्र भएका छन् । सार्वजनिक सवारीमा हुने पाकेटमारी नियन्त्रणमा प्रहरी जुटेका बेला कोठा फोडेर चोर्नेहरुको बिगबिगी बढेको हो । 

राजधानी उपत्यकामा दैनिक दर्जन भन्दा धेरै चोरीका घटना सार्वजनिक भइरहेका छन् । प्रहरीका अनुसार पछिल्लो पटक काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै डेरा गरी बस्ने झापा बुधबारे नगरपालिका–५ का ३५ वर्षीय एक युवकको कोठाबाट चोरी भएको छ । 

नरेशकिशोर बस्नेतको कोठाबाट बुधबार दिउँसो नगद १० हजार रुपैयाँ र सुनका गहनासमेत गरी करिब ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

यसैगरी काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान डेरा गरी बस्ने सिन्धुलीको कमलामाई नगरपालिकाका २५ वर्षीय राजेन्द्र श्रेष्ठको कोठामा कोही नभएको अवस्थामा बुधबारै दिउँसो नगद ६० हजार रुपैयाँ, अमेरिकी डलर २ सय ३० र सुनका गहनासमेत करिब ३ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

फरार चोरहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको पनि प्रहरीले अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.