दीपकराज जोशी सबै जिम्मेवारीबाट मुक्त

दीपकराज जोशी सबै जिम्मेवारीबाट मुक्त

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नेतृत्वको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई सबै जिम्मेवारीबाट मुक्त गरेका छन् । सर्वोच्चमा रहेको जोशीको चेम्बरबाट ‘नेम प्लेट’ पनि झिकिएको छ ।

जोशीलाई मेलमिलाप परिषद्को अध्यक्ष र संवैधानिक इजलासको जिम्मेवारीबाट मुक्त गरिएको हो । परिषद्ले संवैधानिक इजलासको जिम्मेवारी सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीलाई तोकेको छ । परिषद् बैठकमा पनि जोशीलाई सामेल गराइएन । प्रधानन्यायाधीश राणाले पूर्व घोषणाअनुसार जोशीलाई बिहीबार मुद्दाको पेसीसमेत तोकेनन् । जोशी बिहान सवा ११ बजे सर्वोच्च पुगेका थिए । न्याय सम्पादनको जिम्मेवारी नदिएपछि उनी हाजिर मात्र गरेर घर फर्किए । न्याय परिषद्को गाडी चढेर कार्यालय पुगेका उनी १० मिनेट बसेर मात्र बाहिरिएका थिए ।

जोशी रहँदै आएको सर्वोच्चको ‘चेम्बर’ मा दीपककुमार कार्कीको ‘नेम प्लेट’ टाँगिएको छ । जोशीलाई सबै जिम्मेवारीबाट मुक्त गरिए पनि महाभियोग, राजीनामा नदिएसम्म वा ६५ वर्ष नपुगुन्जेलसम्म पदमा वहाल रहनसक्ने भएकाले न्यायपरिषद् र प्रशासनिक कामकारवाहीमा असहज हुने देखिएको छ । जोशीले आफूनिकटसँग राजीनामा नदिने बरु निरन्तर सर्वोच्चमा जाने भनाइ राखेका छन् । संविधानको धारा १२९ को उपधारा ६ मा प्रधानन्यायाधीशको पद रिक्त भए वा कुनै कारणले काम गर्न असमर्थ भए त्यसपछिको वरिष्ठतम् न्यायाधीशले कायममुकाय प्रधानन्यायाधीश भएर काम गर्ने भनिएको छ ।

प्रधानन्यायाधीश बिदा बस्दा वा विदेश जाँदा पनि वरिष्ठ न्यायाधीश स्वतः कामु हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा १५३ मा प्रधानन्यायाधीश अध्यक्ष रहने न्यायपरिषद्मा सर्वोच्चका वरिष्ठ न्यायाधीशसमेत सदस्य रहने व्यवस्था भएका कारण पनि परिषद् बैठक बस्न समस्या पर्ने देखिएको छ । न्याय सेवा आयोगमासमेत सर्वोच्चका वरिष्ठ न्यायाधीश सदस्य रहने संवैधानिक व्यवस्था छ । जोशी पदमा रहेर पनि जिम्मेवारीमुक्त भएपछि परिषद् र आयोगको बैठक अपूर्ण हुने देखिएको छ । सर्वोच्च अदालतबाट अध्ययन, अनुसन्धान एवं सुझावका लागि गठन हुने विभिन्न समितिमा पनि वरिष्ठ न्यायाधीशको भूमिका रहन्छ ।

‘प्रधानन्यायाधीशले न्यायाधीशका रूपमा मुद्दा हेर्न मात्र रोक्ने हो । राजीनामा नदिएसम्म संवैधानिक र कानुनी पद जाँदैन । यसले व्यावहारिक जटिलता ल्याउन सक्छ’, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष खगेन्द्र अधिकारीले भने, ‘सुनुवाइ समितिबाट जुन दिन अयोग्य भनेर अनुमोदन गरिएन, उहाँ (जोशी) त्यही दिन अलग हुनुपथ्र्यो । प्रधानन्यायाधीश नभए पनि न्यायाधीशमा रहन मिल्छ भन्ने अर्थ लगाइयो ।

यो आफ्नो गरिमा आफैंले बुझेर निर्णय गर्ने विषय हो । फेरि अहिले पनि एक स्टेप पछि धकेलिइसकेको अवस्था छ । न्यायाधीशका रूपमा जिम्मेवारी नदिइसकेपछि सोही पदबाट प्राप्त हुने पदेन जिम्मेवारीमा नैतिक रूपले रहन मिल्ने नमिल्ने कुरा पनि विचारणीय नै छ ।’

यसैबीच न्यायपरिषद्ले हेटौंडा उच्च अदालतकी न्यायाधीश सुक्ष्मलता माथेमालाई सुर्खेतको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । यता सुर्खेतका मुख्य न्यायाधीशलाई जनकपुर उच्च अदालतमा सरुवा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.