मारुती सेलेरियोको पारिवारिक कार

मारुती सेलेरियोको पारिवारिक कार

काठमाडौं : आकर्षक डिजाइन, उच्च क्षमता तथा शक्तिशाली इन्जिन मारुती सुजुकी कारका विशेषता हुन्। स्टाइलिस र मोर्डन डिजाइनको हुने भएकाले मारुती सुजुकीका कार परिवारको रोजाइमा पर्ने गर्छ। मारुती कारका लागि सीजी मोटोकर्प नेपालको आधिकारिक बिक्रेता हो। मोटोकर्प कम्पनीले प्यासेन्जर कार ‘सेलेरियो’ को नयाँ फेसलिफ्ट भर्जनहरू नेपाली बजारमा भिœयाएको छ। ‘द पर्फेक्ट फेमिली कार’ का रूपमा यसलाई कम्पनीले लिएको छ।

सेलेरियो फेसलिफ्टको डिजाइन सेलेरियोको पुरानो मोडलको जस्तै छ। यसको ग्राफिक्स तथा आउट–लुक्समा केही परिमार्जन गरिएको छ। यसको डिजाइनमा प्रयोग गरिएको ग्राफिक्सले पारिवारिक कारको अनुभूति प्रदान गर्ने कम्पनीको भनाइ छ। कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कार पुरानाको तुलनामा आकर्षक देखिएको छ।

डिजाइन सुहाउँदो फग ल्याम्प हेडलाइट राखिएको छ। परिवारका सदस्यका लागि भनेर तयार गरिएकाले यसको लुक्स भड्किलो बनाइएको छैन। कारको लुक्स स्याट्यान्डर्ड छ। नयाँ कार बाहिरबाट हेर्दामात्र ट्रेण्डी नभई कारको भित्री सजावटमा समेत आरामदायी अनुभव दिने सोचका साथ उपयुक्त सिट तथा फेब्रिक्सको प्रयोग गरिएको छ।

इन्टेरियर

परिवारलाई अनुकूल हुने गरी कारको इन्टेरियर डिजाइन गरिएको छ। कम्प्याक्ट सेग्मेन्टको कार भए पनि यसको साइजलाई नबढाई भित्री भाग फराकिलो बनाइएको छ। सानादेखि वृद्धवृद्धासम्मलाई हुने गरी कारको सिट डिजाइन गरिएको छ। कारमा पाँच सिट छन्। चालकको सुविधाका लागि अघिल्लो सिट बकेट टाइपको छ। यस्तो सिटमा चालकको सम्पूर्ण ढाडले आराम पाउँछ।

चालकले बिनाझन्झट आरामदायी रूपमा गाडी चलाउन सक्छन्। पछिल्लो भागमा बस्नेका लागि हेड रेस्टको पनि व्यवस्था छ। साथै, थाइ सर्पोट पनि उत्कृष्ट छ। कम्प्याक्ट सेग्मेटको अधिकतम कारमा थाइ सर्पोटका लागि पर्याप्त ठाउँ हुँदैन। यसको थाइ सर्पोट प्रिमियम गाडीको जस्तै उच्चस्तरीय छ। लामो यात्रामा निस्किँदा पाछिल्लो भागमा बस्नेले पनि पूर्ण आराम पाउँछन्। यसमा प्रिमियम कारमा प्रयोग हुने फ्याबरिक्सको सिट छ। टपनक डिजाइनको कुसनले यात्रालाई झनै आरामदायी बनाउनेछ।

इन्जिन र गियर

पेट्रोलबाट चल्ने कारमा के१०बी इन्जिन छ। यो इन्जिनले पावर र माइलेजलाई सन्तुलन राख्छ। अन्य इन्जिन जडान भएको कारमा यस्तो दोहोरो सुविधा प्राप्त हँुदैन। तीन सिलिन्डर भएको इन्जिनले ६७ बीपीएचमा ६००० आरपीएम पावर तथा ९० एनएममा ३५०० आरपीएम टर्क उत्पादन गर्छ।

कारले ० देखि १०० को उच्चतम गतिमा पुग्न १५ सेकेन्डको समय लिन्छ। प्रतिलिटर २३.१ किलोमिटर माइलेज दिने यो कारमा ३५ लिटरसम्म इन्धन राख्न सकिन्छ। कारमा पाँच म्यानुअल गियर छ।

आयाम र तौल

कम्प्याक्ट सेग्मेन्टको यस कारको उचाई १५६० एमएमको छ। यसको लम्बाइ ३६९५ एमएम र चौडाइ १६०० एमएमको छ। २४२५ एमएम ह्वीलबेसमा १६५ एमएम ग्राउन्ड क्लियरेन्स छ। फ्रन्ट ट्रयाक १४२० एमएम र रियर ट्रयाक १४१० एमएमको छ। कार मोड्न ४.७ मिटरको क्षेत्रफल उपभोग गर्छ। कारको कूल तौल १२५० किलो छ। कारमा आवश्यक सामाग्री राख्न २३५ लिटरको बुट स्पेस छ।

ब्रेक र टायर

पर्फमेन्स र पावरका दृष्टिले जोडदार मानिएको यस कारमा एन्टी ब्रेकिङ सिस्टम (एबीएस) पनि छ। यस्तो ब्रेकले राजमार्गमा कार चलाउँदा उच्च गतिमा भए पनि ठाउँको ठाउँ रोक्नेछ। यसको अघिल्लो पांग्रामा भेन्टीलेटड डिक्स र पछिल्लो पांग्रामा ड्रम ब्रेक छ। यसमा प्रयोग भएका टायरले उच्चतम गतिमा कारमा आकस्मिक ब्रेक लगाउँदा पनि चिप्लिनबाट जोगाउँछ। यसको अघिल्लो टायर १६५÷७० आर १४ र पछिल्लो टायर १६५÷७० आर १४ को छ। कारमा ट्यूबलेस अलो ह्वील छ।

सुरक्षा र आराम

कारमा सुरक्षा र आरामलाई विशेष ध्यान दिइएको छ। गाडी दुर्घटनाबाट हुन सक्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्न ड्यूल फ्रन्ट एयर ब्याग राखिएको छ। गाडी चोरी रोक्न सेक्युरिटी अलार्म सिस्टम जडान गरिएको छ। सिट बेल्ट सेन्सर फोर्स सिस्टमको छ। साथै साना बच्चाको सुरक्षाका निम्ति कारमा चाइल्ड सेफ्टी फिचर पनि छ। यसले उभरखावड सडक तथा आकस्मिक ब्रेक लगाउँदा बच्चालाई सुरक्षित राख्छ। यो गाडी चलेको पाँच सेकेन्ड वा २० किलोमिटर प्रतिघण्टाको

रफ्तारमा गुड्दा ढोका स्वतः बन्द हुन्छ। ढोका बन्द गर्न बिर्सिएर हुन सक्ने मानवीय दुर्घटना यसले रोक्छ। कारमा सवारलाई सिटबेल्ट लगाउन गाडीले सूचना दिन्छ।

कारले गाडीमा सवार गर्नेका लागि मात्र नभएर पैदल यात्रुको सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको छ। पैदल यात्रीबाट सुरक्षाका लागि गाडीमा पेडेस्ट्रीयन प्रोटेक्सन कम्प्लाइन्स पनि दिइएको छ। यसले पैदल यात्रुसँग ठोक्किँदा हुने असरलाई न्युनीकरण गर्छ। कारको बम्पर र हुडमा प्रयोग भएको सामाग्री एनक्याप स्ट्यान्डर्डको छ। यसमा प्रयोग भएको प्रविधिले न्यूटन थर्ड ल अफ मोसनको सिद्धान्तलाई चुनौती दिएको छ। रात र दिनको उज्यालोअनुरूप गाडीभित्रको प्रकाश मिलाउन सकिन्छ। कारको पछिल्लो भागमा पनि वाइपर छ।

रिमोटको माध्यमबाट कार स्टार्ट गर्न सकिन्छ। यसका लागि कि लेस इन्ट्री प्रविधि छ। कारमा एअर कन्डिसन र हिटर दुवै छ। चालकले आफूअनुकूल स्टेरिङ र सिटको उचाई घटाउन बढाउन सक्छन्। यसमा मारुतीको स्ट्यान्डर्ड म्यूजिक सिस्टम छ। इलेक्ट्रिकल एडजस्टएवल भ्यू मिरर (पछाडि) छ। चालकले रिमोर्टको सहायताले ओभरटेक गर्न लागेको गाडीको जानकारी पाउँछ।

मूल्य

तीन प्रकारका सेलेरियो नेपाली बजारमा उपलब्ध छ। भीएक्स आइ, जेटएक्सआइ ओ र सेलेरियो एक्स स्पोर्टी नाममा सेलेरियो उपलब्ध छ। कम्पनीले यसको सुरुवाती मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। सुरक्षा र मूल्यका हिसाबले नयाँ गाडी खरिद गर्न चाहनेका लागि यो उत्कृष्ट विकल्प हुने कम्पनीको दाबी छ। सुजुकीका कुनै पनि नयाँ गाडी खरिद गर्ने ग्राहकले दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र इन्जिनमा चार वर्षसम्मको वारेन्टी पाउँछन्।

सुजुकीले ग्राहकको गाडीमा आउने समस्या समाधान गर्न मुलुकभर २३ वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले तीन सय ६५ दिन नै एक्सचेन्ज सुविधा दिने र वर्षको तीनपटक मेला आयोजना गरिरहेको छ। साथै, अन्य कम्पनीका गाडी पनि सुजुकीका गाडीसँग एक्सचेन्ज गर्न सकिन्छ। यसले गर्दा पनि सुजुकीका गाडी प्रति ग्राहकको आकर्षण देखिएको कम्पनीको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.