अन्नपूर्ण साइकल र्‍याली माघ १९ मा

अन्नपूर्ण साइकल र्‍याली माघ १९ मा

काठमाडौं : पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकल मैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले प्रत्येक वर्ष साइकल र्‍यालीको आयोजना गर्दै आएको छ। जसको पाँचौं संस्करण आगामी माघ १९ गते हुने अन्नपूर्ण मिडिया नेटवर्कका कर्पोरेट स्ट्राटेजी एन्ड ब्रान्ड विभागका विभागीय प्रमुख प्रनिल अर्यालले जानकारी दिए।

‘अन्नपूर्ण मिडिया नेटवर्कले पछिल्लो पाँच वर्षयता पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतजना जगाउने उद्देश्यले ‘राइड फर लाइफ’ नारासहित साइकल र्‍यालीको आयोजना गर्दै आएको छ’, अर्यालले भने, ‘यो वर्ष सोही नारा र उद्देश्यसहित पाँचौं संस्करणको र्‍याली माघ १९ गते आयोजना गर्दैछौं।’

सानो ठाउँ। साँघुरा सडक। त्यही साँघुरा सडकमा दैनिक गुड्ने हजारौं गाडी र मोटरसाइकलको भारले काठमाडौंका यातायात आवागमन नै अस्तव्यस्त हुने गर्छन्। सोही कारण सिर्जना हुने ध्वनि र वायु प्रदूषणको असर अझ डरलाग्दो छ। राजधानीलाई यो अवस्थाबाट मुक्त बनाउने उपाय पनि छ, साइकलको प्रयोग।

 साइकलको माध्यमबाट उपत्यकावासीको जनजीवन स्वस्थ र सहज बनाउने अभियान पनि दशक अघिबाटै जारी छ। यद्यपि अझै यो अभियानले सार्थकता पाउन सकेको छैन। साइकल मैत्री समाज निर्माणका लागि जुटेका अभियन्ताहरू साइकलका लागि पर्याप्त भौतिक पूर्वाधारकै अभाव देखिएको तर्क गर्छन्।

‘साइकलको प्रयोगले दैनिक बेहोर्नुपर्ने ट्राफिक जामको समस्याबाट मात्रै मुक्ति दिने छैन, वातावरणलाई स्वस्थ राख्न पनि मद्दत पुग्नेछ। शारीरिक रूपमा समेत प्रयोगकर्तालाई सधै स्वस्थ बनाई राख्नेछ’, नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठ भन्छन्, ‘यो सामाजिक ‘इक्युटी’को आधार पनि हो। किनभने साइकल धनी वा गरिब दुवैको पहुँचमा हुने माध्यम हो। तर, यत्तिका फाइदा हुँदा पनि साइकल प्रयोग गर्नका लागि हामीसँग अझै धेरै समस्याहरू छन्। सबैभन्दा ठूलो समस्या हामीसँग अझै यसका लागि आवश्यक भौतिक पूर्वाधार छैन।’

साइकल मैत्री समाजको अभियानमा जुटेका अर्का व्यक्तित्व उत्तम मानन्धर अन्नपूर्ण मेडिया नेटवर्कको यो प्रयास उपत्यकावासीलाई साइकलको महत्व बुझाउन निकै फलदायी बनेको बताउँछन्। ‘साइकलको प्रयोग बुझाउनु अघि त्यसका फाइदाका बारेमा बुझाउन आवश्यक छ। साइकल चढ्दा क्यान्सरजस्तो रोकबाट निको भएको उदाहरण छन्’, लक्ष्मी साइकल (पुस) क्लबसमेत सञ्चालन गर्दै आइरहेका मानन्धर भन्छन्, ‘पछिल्लो समय साइकल प्रयोगकर्ताहरू केही बढेको अनुभव गरेको छु। त्यसमा अन्नपूर्ण मिडिया नेटवर्कको यो र्‍याली निक्कै नै फलदायी बनेको छ। अन्नपूर्णले र्‍याली मात्रै आयोजना गर्दैन, त्यसले समाचारमार्फत दिने सन्देश अझ प्रभावकारी हुने गरेको छ।’

साइकल सोसाइटीका अध्यक्ष        श्रेष्ठ पनि अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गर्ने साइकल र्‍यालीले आफूहरूले दशक अघिबाट सुरु गरेको अभियानलाई अघि बढाउन अझ सहज भएको बताउँछन्। ‘हामी दशक अघिबाट यो अभियानमा जुटेका हौं। हामीले यो अभियानलाई अझ बलियो रूपमा अघि बढाउनुपर्छ भनेर हालै एनसीएसको पनि गठन गरेका हौं’, अध्यक्ष        श्रेष्ठ भन्छन्, ‘अन्नपूर्ण मिडिया नेटवर्कले पछिल्लो तीन वर्षयता आयोजना गर्दै आइरहेको यस्तै जनचेतनामूलक र्‍यालीले गर्दा हाम्रो अभियानलाई अघि बढाउन सहज भइरहेको छ।’

अध्यक्ष श्रेष्ठ हाल काठमाडौं र ललितपुर महानगरपालिकासँग मिलेर उपत्यकाभित्र साइकल ट्र्याक निर्माण गर्न त्यसको अध्ययन थालिएको जानकारीसमेत दिए। ‘हामीले अहिले उपत्यकाका दुई ठूला महानगरसँग मिलेर साइकल ट्र्याक निर्माण गर्ने सम्बन्धमा काम गरिरहेका छौं। त्यसमध्ये कही स्थानमा चाँडै नै साइकल ट्र्याक निर्माणको काम पनि सुरु हुँदैछन्’, श्रेष्ठ भन्छन्, ‘बाँकी ठाउँहरूमा समेत चाँडै नै हुने सम्भावना छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.