स्थानीय तहले कर बढाएपछि व्यवसायी विरोधमा

स्थानीय तहले कर बढाएपछि व्यवसायी विरोधमा

डोल्पा : हिमाली जिल्ला डोल्पाको स्थानीय तहले कर वृद्धि गरेपछि व्यवसायीले विरोध जनाएका छन्।ठुलीभेरी नगरपालिकाको कार्यालयले यातायातको साधनमा लगाएको महंगो करले आफूले थेक्न नसक्ने भन्दै यातायात व्यवसायले विरोध जनाएका हुन्।

 
जुफाल-दुनै,दुनै-सूपानि चल्ने जीपको प्रति ट्रिप २०० रुपैयाँ कर तिर्नुपर्ने भएपछि जीपधनीहरु विरोधमा उत्रिएका हुन्। दैनिक ३ पटकसम्म आवतजावत गर्ने जीपले प्रत्येक ट्रीप २०० रुपैयाँ नगरपालिकालाई कर तिर्नुपर्ने भएपछि जीपधनीले मर्कामा परेको बताए।

'हामीले कर तिर्दैनौं भनेका हैनौं तर थेग्नै नसक्ने कर लगायो, स्थानीय सरकारले हामीलाई व्यवसाय समेत गर्न नसक्ने गरी कर लगाएपछि हामीले बिरोध जनाएका हौं, जीपधनी भरत खड्काले दुखेसो पोखे। उनी भन्छन्,' यहि हिसाबमा कर तिर्ने हो भने हामीले वार्षिक ३ लाख ६४ हजार कर स्थानीय सरकारलाई मात्रै बुझाउनपर्छ। 

त्यस्तै त्रिपूरासुन्दरी नगरपालिकाले प्रति ट्रिप ५० रुपैयाँ लिने गरेको छ। '११ जना यात्रु बोक्ने जीपको २०० रुपैयाँ कर तिर्नुपर्दा ठूलै मर्कामा परेको अर्का जीप व्यवसायी सुरेन्द्र कठायतले बताए ।वार्षिक ४३ हजार सरकारलाई कर तिर्छौं, तर त्यस १० गुणा स्थानीय सरकारलाई कर तिर्नुपर्ने बाध्यता आएपछि व्यवसाय नै बन्द गर्नुपर्ने अबस्था रहेको कठायतले बताए। 

आजसम्म कर नलिएको ठुलीभेरि नगरपालिकाले एकाएक कर लिन थालेपछि जीप र ट्रयाक्टर व्यापारी मारमा परेको भन्दै विरोधमा उत्रिएका छन्। 'नगर समितिले गरेको निर्णय र नगरपालिकाको निर्देशनअनुसार कर लिएको हो, त्यसमा केही गर्न नसकिने वडा न ३ का अध्यक्ष अर्णबहादुर न्यौपाने बताए।

हाल प्रति ट्याक्टरको ३०० र जीपको २०० रुपैयाँ कर ३ नं वडा कार्यालयले नगरपालिकाको नियमानुसार लिइरहेको ३ का वडा सचिव धर्म शाहीले जानकारी दिए।वैज्ञानिक तबरले नै नगर समितिले कर लगाएकोले कर महंगो नभएको नगरप्रमुख गणेशबहादुर शाहीले बताए। 

हाल जीप र ट्याक्टरबाट प्रहरीको सहयोगमा दुनैको कालिका मन्दीरमा-३ को कार्यालयले कर लिइ रहेको छ। कर महंगो भयो, हाम्रो व्यवसाय मार नपर्ने गरी कर लगाउन ट्याक्टर धनी बसन्त न्यौपानेले स्थानीय सरकारलाई आग्रह गरेका छन्। 

उनी भन्छन्,' वर्षमा १० लाख कर स्थानीय सरकारलाई बुझाएपछि हामी केका लागि काम गर्ने? हामीले गुमाउनलाई किन कमाउने।' हाल जुफाल-दुनै,दुनै-सूपानि एक दर्जन ट्याक्टर र दर्जन जीप सञ्चालनमा छन्। स्थानीय सरकारले पहिलो पटक कर लिन थालेपछि नागरिक र व्यवसायीले विरोध गरिरहेका छन्। कर सबै व्यवसायलाई मार नपर्ने गरी लगाउनुपर्ने ट्याक्टर व्यवसायी लक्ष्मण शाहीले बताए। 

स्थानीय सरकारले कर वृद्धिगरेपछि यात्रु मार परेको ठुलीभेरि नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाही बताउँछन्। हालसम्म केन्द्रको विवाद नसल्टिएपछि आर्थिक वर्ष ०७५÷०७६ को बजेटले समेत कार्यान्वयन नभएको उपप्रमुख शाहीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.