प्रदेश लोक सेवा आयोग विधेयक पास गर्दै प्रधानमन्त्री

प्रदेश लोक सेवा आयोग विधेयक पास गर्दै प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण )  विधेयक, २०७५ पेश गर्ने भएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले उक्त विधेयक पेश गर्न लागेका हुन्।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। यस्तै, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.