राजदूत शेर्पाबारे निर्णय लिन सकस

राजदूत शेर्पाबारे निर्णय लिन सकस

काठमाडौं : अस्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाबारे छानबिन समितिले अध्ययन प्रतिवेदन बुझाएको एक साता बितिसक्यो। तर सरकारले उनलाई पुनः जिम्मेवारीमा पठाउने वा मुक्त गर्ने भन्ने निर्णय लिन नसक्दा दुईपक्षीय सम्बन्धमै समस्या आउन सक्ने परराष्ट्र अधिकारीले बताएका छन्। राजदूतबारे छानबिनसमेत भइसकेपछि पनि निर्णय लिन ढिलाइ गर्नुमा राजनीतिक गठजोड महŒवपूर्ण रहेको उनीहरूको विश्लेषण छ।

‘राजदूत दोषी भए कारबाही सिफारिस गर्नुपर्‍यो, होइन भने पुनः जिम्मेवारीमा फर्काउन सक्नुपर्छ’, परराष्ट्र अधिकारीले भने, ‘यस्ता विषयमा सरकार अन्योलमा पर्नुहुँदैन।’ मुलुकको प्रतिष्ठा जोडिने भएकाले निर्णय गर्न ढिला गर्न नहुने उनीहरूको भनाइ छ। यद्यपि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघि केही दिनमै आफूहरू निर्णयमा पुग्ने बताएका थिए।

छानबिनमा संलग्नहरूले वास्तविकतामा आधारित रहेर प्रतिवेदन तयार पारेको र त्यसमा निर्णय गर्ने सरकारको जिम्मवारी रहेको बताएका छन्। ‘यो वा त्यो भन्ने विषय उल्लेख छैन’, एक सदस्यले भने, ‘हामीले यस्ता विवादले कूटनीतिमा पर्ने असरसमेत स्पष्ट पारेका छौं।’

परराष्ट्र सचिव शंकरदास बैरागीले भने राजदूत विवादमा छिट्टै निर्णयमा पुगिने बताए। ‘छलफल भइरहेको छ। गम्भीर विषय भएकाले निर्णय लिन केही समय लागेको हो। यथार्थमा अडेर निर्णय हुनेछ’, उनले भने, ‘प्रतिवेदन हेरेर सम्बन्धको गाम्भीर्य र व्यक्तिगत लाञ्छना सबैबारे मिहिन अध्ययन भइरहेको छ।’ छानबिनमा परेपछि राजदूत शेर्पा तीन साताअघि नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै परराष्ट्र मन्त्रालय पुगेकी थिइन्।

प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नेतृत्वमा अस्ट्रेलियासमेत हेर्ने महाशाखा प्रमुख तापस अधिकारी र शिष्टचार माहापाल दीपक अधिकारी सम्मिलित टोलीले राजदूत शेर्पाबारे छानबिन गरेर सचिवलाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ। छानबिनमा सहभागी दीपक फ्रान्स र मणि स्विट्जरल्यान्डको राजदूतमा सिफारिस भएका व्यक्ति हुन्। छानबिन मात्र नभई राजदूत शेर्पाको राजनीतिक आधार र सम्बन्धलाई समेत दृष्टिगत गरी निर्णय लिन खोजिएको परराष्ट्र अधिकारीको भनाइ छ।

राजदूत शेर्पाले आफू निर्दोष रहेको र लाञ्छना लगाउने व्यक्तिबारे एक वर्षअघि नै सरकारलाई जानकारी गराएर उसलाई कारबाहीमा ल्याएको बताउँदै आएकी छन्। यस विषयमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने उनको भनाइ छ।

राजदूतकै सहयोगीले आरोप लगाएका कारण यसबारे प्रमुख प्रतिपक्षी दलले समेत सरकारसँग जवाफ मागेको थियो। यसले पनि सरकार दबाबमा पर्दा राजदूत शेर्पाबारे छानबिन अघि बढेको हो। राजदूतकै सवारी चालक वाङ्छु शेर्पाले नै राजदूतले पैसा लिएर अस्ट्रेलियालगायत मुलुकमा मानिस लगिदिने गरेको आरोप लगाएपछि उनी विवादमा तानिएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.