आगलागी पीडित बालबालिकाको पीडा: झोला र कापी पाइयो, किताब कसले देला ?

आगलागी पीडित बालबालिकाको पीडा: झोला र कापी पाइयो, किताब कसले देला ?

कालिकोट : कालिकोट जिल्लाको पलाँता गाउँपालिका- १ खाडाका अग्नी पीडित बालकालिका यतिबेला किताबको अभाव झेलिरहेका छन्। उनीहरुलाई विभिन्न व्यक्ति तथा संस्थाबाट लगाउने कपडा, स्कुल जाँदा बोक्ने झोला, कापी, कलम वितरण गरेका छन्। तर पढ्नका लागि बालबालिकाले किताब पाउन सकेका छैनन्।

उनीहरु झोलामा कापी मात्र बोकेर विद्यालय जान बाध्य छन्। आगलागीमा सबै शैक्षिक सामग्री गुमाएकी खाडाकी कक्षा ६ की छात्रा भगवती न्यौपानेले भनिन्,' कापी, कलम र झोला त पायौँ। अब किताब कसले देला?'

उनी खाडामै रहेको गणेश आधारभुत विद्यालयमा पढ्दै आएकी छन्। गत आइतबार राति गाउँमा आगलागी भयो। उनको घर पनि त्यसै आगलागीमा खरानी भयो। उनको परिवार अहिले विस्थापित भएको छ। उनको शरीरमा लगाउने कपडादेखि विद्यालयको ड्रेस, कापी कलमलगायतका सबै शैक्षिक सामग्रीहरु पोलिएका थिए।अहिले उनी झोलामा कापी र कलम मात्र हालेर विद्यालय जान थालेकी छन्।

स्थानीय रत्नचन्द्र न्यौपानेकी जेठी छोरी भगवतीले कक्षा पाँचमा पढ्ने एक भाइ र कक्षा २ र ३ मा पढ्ने दुई बहिनी पनि झोलामा कापी र कलम बोकेर विद्यालय जान थालेको बताइन्। विद्यालय त जान थालियो। किताब छैन। सरले दिएको गृहकार्य गर्न पनि समस्या छ।घरमा पढ्नका लागि पनि किताब छैन। किताब बिना कसरी पढ्ने होला?' 

यो समस्या भगवती न्यौपानेका चार भाइ बहिनीको मात्र होइन्। खाडाका विद्यालय उमेरका १ सय ३० जना बालबालिकाको पीडा उस्तै छ। खाडास्थित गणेश आधारभुत विद्यालयका प्रधानाध्यापक सर्पनन्द न्यौपानेले भने, 'प्रारम्भिक बालविकास केन्द्रमा अध्यायन गर्नेदेखि १२ कक्षासम्म अध्यायन गर्ने बालबालिका झोलामा कापी र कलम हालेर विद्यालय जान थालेका छन्।अब किताबका लागि गाउँपालिकाले पहल गरिदियोस्।'

उनका अनुसार खाडास्थित गणेश आधारभुत विद्यालयमा रहेको प्रारम्भिक बाल विकास केन्द्रमा अध्यायन गर्ने ३९ छात्रा, ३५ छात्र गरी कुल ७४ जना बालबालिका किताब बिनै विद्यालय जान थालेका छन्। यस्तै पलाँता गाउँपालिका- २ मा रहेको राडुनेटा माविमा पढ्दै  गरेका खाडाका ५६ जना बालबालिका पनि किताब बिनै विद्यालय जान थालेका छन्।

शिक्षक न्यौपानको अनुसार राडुनेटा माविको कक्षा ९ देखि १२ सम्म अध्यायन गर्ने ५६ जना बालबालिकालाई न ड्रेस छ। न किताब छ। उनीहरु घरायसी ड्रेस र कापी कलम लिएर विद्यालय जान बाध्य छन्। विद्यालयका प्रअ न्यौपानेले भने, दैलेखको सामाजिक सेवा केन्द्र सोसेक, हेल्प लाइन, समाजसेवी युवा दिलबहादुर कठायत, केशव कठायतलगायत चाईनामा रहेका नेपाली, सेभ द चिल्डेनलगायतका नियकायले शैक्षिक सामग्रीहरु वितरण गरेका छन्।

सोसक नेपालबाट हिरासिंह थापा, सिता राना, कल्पना थापालगायतको टिम पलाँता पुगेर १ सय १६ जना बालबालिकालाई झोला वितरण गरेको छ। यस्तै चाईनाका व्यपारीको तर्फबाट केशव कठायत खाडा पुगेर विद्यार्थीलाई सुइटर, कापी कलम वितरण गरेको थिए। यस्तै किर्डाक पलाँता गाउँपालिका उपाध्यक्ष दानदेवी न्यौपानले बालबालिकालाई किताब उपलब्ध गराउन पहल भइरहेको बताइन् । उनले भनिन्, 'अब बालबालिकालाई ड्रेस र किताब आवश्यक छ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले विभिन्न संघ संस्थाद्वारा कापी, कलम, झोला, ड्रेस वितरण भइसकेको र किताबका लागि पहिल पहल भइरहेको बताए। उनले तत्कालै विद्यार्थीको हातमा किताब पुर्‍याउने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.