४ किलो सुनसहित ३ जना पक्राउ

४ किलो सुनसहित ३ जना पक्राउ

धादिङ : गजुरी गाउँपालिका-१ गजुरी बजारबाट प्रहरीले ४ किलो अवैध सुनसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका-२ का संजित वाइवा, नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका- ५ का सुरेन्द्र तामाङ र विकास तामाङ रहेका छन्।

मोटरसाइकलमा रहेका उनीहरुलाई विशेष सुराकिको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए। प्रदेश- ३ प्रहरी कार्यालय हेटौडा र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले सुन पक्राउ गरेको गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिए।

ढुङगेलले भने, 'सुनको अवैध कारोवारको सूचना पाएपछि अनुसन्धान गर्दै जाँदा बिहीबार राति पौने १० बजे बा ८७ प ७७३१ र प्रदेश ३-०२-००३ प २५४० नम्बरको मोटरसाइकलमा सवार ३ जना पक्राउ परेका हुन्।'

पक्राउ परेकाको साथबाट ४ थान सीमकार्डसहितको मोबाइल पनि बरामद गरिएको छ। बरामद गरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीलाई जिम्मा लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.