कुलचन्द्र गौतमको पुस्तक अमेरिकी विद्यालयको पाठ्यक्रममा

कुलचन्द्र गौतमको पुस्तक अमेरिकी विद्यालयको पाठ्यक्रममा

काठमाडौं : संयुक्त राष्ट्रसंघका लागि पूर्व उपमहासचिव कुलचन्द्र गौतमको संस्मरणात्मक कृतिलाई अमेरिकाको एक प्रसिद्ध विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गर्ने भएको छ ।

अमेरिकाको म्यासाचुसेट्सस्थित ‘बेन्ट्ली युनिभर्सिटी’ले गौतमको नयाँ पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’लाई ‘एमबिए’ अध्ययनरत विद्यार्थीका लागि पाठ्यक्रममा समावेश गर्ने बताएको हो ।

पुस्तकलाई बजारमा ल्याउने प्रकाशक संस्था नेपालयले विज्ञप्ति निकाल्दै यस्तो बताएको हो । बेन्ट्ली विश्वविद्यालयका प्राध्यापक डोनाल्ड म्याकनेमरले ‘गौतमको आत्मबृतान्त गहन र बृहत’ भन्दै पुस्तकमाथि टिप्पणी गरेका छन् ।

गौतमले पुस्तकमा दुर्गम गाउँको पढाइ र सिकाइका साथै अन्तर्राष्ट्रिय मञ्चमा पाएको अनुभव सार्वजनिक गरेका छन् । उनको संघर्ष र उपलब्धि विश्वविद्यालयका विद्यार्थीका लागि प्रेरणादायी बन्नसक्ने भन्दै पाठ्यक्रममा राखेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.