वाइडबडी प्रकरण : पूर्वमन्त्रीलाई पनि कारबाहीको माग

वाइडबडी प्रकरण : पूर्वमन्त्रीलाई पनि कारबाहीको माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले पूर्व पर्यटनमन्त्रीहरूलाई पनि कारबाहीको माग गरेका छन्। शुक्रबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अधिकांश नेकपाका सांसदले रविन्द्र अधिकारी सहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्र देवलाई पनि कारबाही गर्नुपर्ने माग राखेका हुन्।

समिति बैठकमा सांसद सूर्य पाठकले पूर्वमन्त्रीलाई पनि कारबाही गर्नुपर्ने माग अगाडि सारेका हुन्। उनले उपसमितिको प्रतिवेदन निश्पक्षताको सिद्धान्तअनुसार छ कि छैन भनेर प्रश्न समेत गरेका छन्।

नेकपाका अर्का सांसद यज्ञबहादुर बोगटीले भने पूर्वमन्त्री र वर्तमान मन्त्रीलाई फरक कारबाही सिफारिस गरेकोमा असन्तुष्टि जनाए। उनले उपसमितिको प्रतिवेदन सुरुमै सार्वजनिक गरिएकोमा आपत्ति समेत जनाएका हुन्।

सांसद लेखराज भट्टले पनि वाइडबडी प्रकरणमा कारबाही सिफारिसको सूची नमिलेको भन्दै उच्चस्तरिय छानविन समिति बनाउनु पर्ने बताए। उनले भने,'उपसमितिको प्रतिवेदनमा कारबाहीको सूची नै मिलेको छैन, उच्चस्तरिय छानविन समिति बनाउनु पर्छ।'  

नेकपाका सांसदहरुले उपसमितिद्वारा निर्मित प्रतिवेदनको विरोध गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले छानविन समिति बनाएर लेखा समितिको अपमान गरे संसदको अस्तित्व सकिने बताए। उनले समितिमाथि कुनै पनि किसिमले हस्तक्षेपको कोशिस नगर्न सरकारलाई अनरोध समेत गरे। उनले भने 'को मानिस कुन दलको हुनुहुन्छ भनेर प्रतिवेदन लेख्न थालियो भने लेखा समिति मात्र होइन, संसदको पनि अस्तित्व पनि रहदैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.