गुम्बा पुनर्निर्माणको बाटो खुल्यो

गुम्बा पुनर्निर्माणको बाटो खुल्यो

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ। कार्यविधि पास भएपछि भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाको पुनर्निर्माण, संरक्षण र जीर्णद्वारका लागि बाटो खुला भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।

प्राधिकरणको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो।पुरातत्व महत्व बोकेका सय वर्षभन्दा पुराना तथा २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाको पुनर्निर्माण आवश्यकता बमोजिम पुरातत्व विभागको पूर्व स्वीकृति लिइ केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पू्र्वाधार)को प्रत्यक्ष संलग्नतामा गरिने उल्लेख गरिएको छ। 

भूकम्पबाट प्रभावित २ हजार वर्ग फिट प्लिन्थ एरियाभन्दा कमका गुम्बा, बिहार तथा स्तूपाको पुनर्निर्माण गर्दा सम्बन्धित उपभोक्ता समितिमार्फत गर्ने कार्यलाई प्रथामिकता दिइने कार्यविधि भनिएको छ। सय वर्ष पुग्न बाँकी रहेको तर,२ हजार वर्ग फिटभन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण कार्य स्थानीय तहमार्फत गरिनेछ। 

पुरातत्व महत्व रहेका सय वर्षभन्दा पुराना तथा २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका पूर्ण रुपमा क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाको पुनर्निर्माणका लागि केन्द्रबाट शत प्रतिशत बजेटको व्यवस्था हुने कार्यविधिमा उल्लेख गरिएको छ । 

सय वर्ष नपुगेका २ हजार वर्ग फिटभन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाको हकमा भने पुनर्निर्माण गर्न लाग्ने कूल रकमको ५० प्रतिशत प्राधिकरणले अनुदानको रुपमा सम्बन्धित स्थानीय तहलाई रकम उपलब्ध गराउने छ। 

बाँकी ५० प्रतिशत रकम भने सम्बन्धित स्थानीय तह र गुम्बा, बिहार तथा स्तूपा व्यवस्थापन समिति अन्तर्गत रहेको उपभोक्ता समितिले जुटाउनु पर्ने व्यवस्था रहेको छ। भूकम्बाट क्षति भएका गुम्बाको संख्या १ हजार तीन सय २० छ, जसमध्ये पुनर्निर्माण गर्नुपर्ने गुम्बाको संख्या ८ सय ९५ र  मर्मत सम्भार गर्नु पर्ने गुम्बाको संख्या ४ सय २ छ। 

चारवटा एकीकृत बस्ती विकासको योजना स्वीकृत

आजै बसेको प्राधिकरण कार्यसमितिको बैठकले चारवटा एकीकृत बस्तीको विकास योजना समेत स्वीकृत गरेको छ। यस्तै बैठकले स्याङजा जिल्ला अर्जुनचौपारी गाउँपालिका- ४ स्थित तिलडाँडास्थित तिलडाँडा एकीकृत बस्ती, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका- ३ हैबुङमा हैबुङ एकीकृत बस्ती, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका- ६ तारामारङमा भनावीश्वर सिग्देल एकीकृत बस्ती र रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका - ५ स्थित गुम्सालमा गुम्साल एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.