रामबहादुर बमजनको आश्रममा प्रहरीको छापा

रामबहादुर बमजनको आश्रममा प्रहरीको छापा

ज्ञानेन्द्र खड्का/युवराज पुरी

काठमाडौँ : तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित एउटा आश्रममा प्रहरीको टोलीले छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको आश्रममा शुक्रबार बिहानदेखि खोजतलास थालेको हो । 

बमजनका चेलाहरु बस्दै आएको जिल्लाको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको बमजनको आश्रममा फरेन्सिक विज्ञसहितको प्रहरीको टोलीले छापा मारेर खोजतलास थालेको हो । बमजनका एकजना अनुयायीको हत्यापछि गाडिएको स्थानको खोजीमा प्रहरी अहिले जुटेको छ । 

बमजनको आश्रममा केन्द्रीय अनुसन्धान ब्यूरोको विज्ञ टोली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी मुकुन्द मरासिनी र इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टरसहितको टोलीले खोजतलास गरिरहेको हो । 

जिल्ला अदालत सिन्धुपाल्चोकबाट आश्रममा खानतलासी गर्न बिहीबार अनुमति मिलेपछि प्रहरीको टोली शुक्रबार बिहान त्यहाँ पुगेको हो । बमजनको आश्रममा आनीसहितका केही अनुयायीको हत्या र बेपत्ता बनाइएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । 

यो प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले दुईवटा जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोलाई परिचालन गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो प्रकरणको अनुसन्धानका लागि सिआइबीका निर्देशक डिआइजी निरजबहादुर शाही, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी र उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बुद्धि गुरुङलाई खटाएका छन् । 

रामबहादुर बमजनका अनुयायीमध्ये एक नुवाकोटका सञ्चलाल वाइबा बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । रामबहादुर २०७१ असोज पहिलो सातादेखि ६ महिनासम्म यही आश्रम बसेका थिए । उनको यहीँ आश्रममा हत्या गरी गाडिएको अनुमानका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बमजनका अर्का अनुयायी सुरेश आले पनि यही आश्रमबाट हराएका थिए । त्यसैगरी आनीद्वय डोल्मो र चुन्मा पनि बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले खोजी थालेको हो । बमजनले आफ्ना अनुयायीहरुलाई यातना दिन लगाउँदा ज्यान गएको बताइएको छ । प्रहरीले यातनाका क्रममा ज्यान गुमाएका सञ्चलाललाई गाडिएको स्थान पत्ता लगाएर शव उत्खननका लागि फरेन्सिक विज्ञ पनि लिएर गएको हो । 

सबैभन्दा पहिले बाराको रतनपुरी जंगलमा तपस्यामा बसेका भनिएका बमजन सुरुबाटै विवादमा परेका थिए । उनीमाथि पुरुष अनुयायीलाई यातना र महिला अनुयायीलाई यौन हिंसा गरेको र ज्यानसम्म लिएको अभियोगसहितका उजुरी प्रहरीमा दर्ता भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.