क्यान्सर बिरामीलाई ५ लाख अनुदानः प्रचण्ड

क्यान्सर बिरामीलाई ५ लाख अनुदानः प्रचण्ड

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब तथा विपन्न क्यान्सर बिरामीलाई दिइँदै आएको उपचार अनुदान पाँच लाख पुर्‍याइने बताएका छन्। नेपाल अर्बुदरोग निवारण संस्थाको २८ औं केन्द्रीय सभाको शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले क्यान्सर उपचार महंगो भएकाले अनुदान रकम पनि बढाउनुपर्ने बताएका हुन्।

अहिले गरिब तथा विपन्न क्यान्सर बिरामीलाई एकलाख रुपैयाँ उपचार अनुदान दिँदै आएको छ।'क्यान्सर जस्तो महंगो उपचार गर्न एकलाख अपुग छ, अध्यक्ष प्रचण्डले भने, 'उपचार अनुदान पाँच लाख पुर्‍याउनुपर्छ।यहींअनुसार व्यवस्था गर्न म पहल गर्छु।'

आफ्नी आमा र छोरीलाई क्यान्सरकै कारण गुमाउनुपरेको सुनाउँदै उनले क्यान्सरबारे सबै जनतालाई बुझाउनुपर्नेमा जोड दिए।'क्यान्सर नबुझ्दा धेरैले दुःख पाउने गरेका छन्, उनले थपे, 'त्यसैले क्यान्सरबारे बुझाउन जनचेतना फैलाउनुपर्छ। क्यान्सर बुझेपछि उपचारमा जाँदा पीडा महशुस हुनेछैन।'

आधारभूत शिक्षा र स्वास्थ्यका लागि अदालत जान नपरोस्

अध्यक्ष प्रचण्डले संविधानमै आधारभूत शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार भनिएकाले त्यसको प्रत्याभूतिका लागि सर्वसाधारण अदालत जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लाग्नुपर्ने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालको संविधानले आधारभूत शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारमा समेटेको बताए।

कसैले आधारभूत शिक्षा र स्वास्थ्य पाएनन् र उनी अदालत गए सरकार दोषी हुन्छ। त्यसैले कोही यसको लागि कोही अदालत जान नपरोस्।' उनले जनता संविधानप्रदत्त मौलिक हक पाउन अदालत नजाँदै सबै व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरे। कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले पनि क्यान्सर उपचारमा सरकारले दिँदै आएको एकलाख अनुदान न्यून भएको बताए।

उनले क्यान्सर उपचार गर्दा मान्छे पनि सकिने र पैसा पनि सिद्धिने क्रमको अन्त्यको लागि सरकारले अनुदान रकम बढाउनुपर्ने धारणा राखे। नेपाल अर्बुदरोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले संस्थाले अहिलेसम्मका प्रत्येक सरकारसमक्ष क्यान्सरको निःशुल्क उपचार गर्न माग गर्दै आएको बताए।

तत्काल निःशुल्क गर्न नसकिए कम्तीमा बिरामीलाई दिइँदै आएको अनुदान रकम पाँच लाख पुर्‍याउन माग गर्दै आएको उनले स्पष्ट पारे। त्यस्तै संस्थाका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी कर्ण शाक्यले क्यान्सर उपचार गर्न विदेश जाने परम्पराको अन्त्य गर्न राष्ट्रप्रमुख, सरकार प्रमुख, मन्त्री र ठूला नेताहरुले स्वदेशमै उपचार गर्ने संस्कार र संस्कृतिको विकास गर्नुपर्ने बताए।

राष्ट्रप्रमुख, सरकार प्रमुख, मन्त्री र ठूला नेताले स्वदेशमै उपचार गर्न थालेपछि नेपालका अस्पताल र चिकित्सकप्रति सर्वसाधारणको पनि विश्वास बढ्ने र चिकित्सक तथा अस्पताल सञ्चालक पनि आफ्नो काम र जिम्मेवारीप्रति सचेत हुने उनको भनाइ थियो।

त्यस्तै संस्थाका पूर्वअध्यक्ष दिवाकर राजकर्णिकारले क्यान्सरको उपचारको लागि सूर्तीजन्य पदार्थमा लगाइएको करबाट उठेको रकमको ५० प्रतिशत बजेट स्वास्थ्य जनचेतनामा खर्च गर्ने व्यवस्था मिलाउन माग गरे।

कार्यक्रममा क्यान्सर रोग र यसको उपचारको क्षेत्रमा अतुलनीय सहयोग गर्नेहरु संस्थाका पूर्वअध्यक्ष कर्ण शाक्य, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठ, यतिकेम समूहका प्रभुराज वैद्यलगायतलाई पूर्वप्रधानमन्त्री प्रचण्डले सम्मान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.