सहकारी बैंकको चुनाव : केबी उप्रेतीलाई अध्यक्ष बनाउने सहमति

सहकारी बैंकको चुनाव : केबी उप्रेतीलाई अध्यक्ष बनाउने सहमति

काठमाडौं : केबी उप्रेतीलाई राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा बनाउने सहमति भएको छ। बैंकको निर्वाचनका लागि बनेको कार्यदलले उप्रेतीलाई अध्यक्ष बनाउने सहमति गरेको हो।

बैंकको आउँदो पुस २१ र २२ गते चार वर्षे कार्यकालका लागि  निर्वाचन हुँदै छ। कार्यदलका सदस्य धर्मदत्त देवकोटाले बैंकका आकांक्षी बर्तमान अध्यक्ष रमेश पोखरेल र केबी उप्रेतीसँग छलफलपश्चात उप्रेतीलाई अध्यक्ष बनाउने सहमति भएको जानकारी दिए।

 ‘बैंकका अध्यक्षका आकंक्षी पोखरेलको उम्मेदवारी पर्ने छैन्, सहमतिपश्चात अब अध्यक्ष उप्रेती बन्नु हुने छ’ उनले भने।

बैंकको निर्वाचन टुंग्याउनका लागि तत्कालीन नेकपा एमालेका सहकारी विभाग प्रमुख पशुपति चौलागाईँ, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल र महासंघका लेखा संयोजक धर्मदत्त देवकोटा सम्मिलित कार्यदल गठन भएको छ।

कार्यदलले सरोकारवाला सबै नियकासँग छलफल गरी आधिकारिक उम्मेदवार टुंगो लगाएको हो । बैंकको निर्वाचनका लागि अहिलेसम्म उप्रेतीबाहेक अरु आकंक्षी देखिएका छैनन्। नेकपा समर्थित पोखरेल र उप्रेतीबीच सहमति भएपछि उप्रेती बैंकको अध्यक्ष बन्ने पक्का देखिएको हो। बैंकको निर्वाचन कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ। बैंकका १० हजार दुई १८ सदस्य छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.