सरकार ‘फ्लप’ भयो : देउवा

सरकार ‘फ्लप’ भयो : देउवा

विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार ‘फ्लप’ भएको आरोप लगाएका छन्। 

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले यस्तो बताएका हुन्। ‘यो सरकार सुपर फ्लप भइसक्यो’, देउवाले भने, ‘जन अपेक्षाअनुसार काम गर्न नसकेको सरकार विवादको घेराबाट माथि उठ्नै सक्दैन।’ 

उनले वाइडबडी प्रकरण र निर्मला हत्याकाण्ड जस्ता विषयले सरकारको बद्नाम भएको बताए।

‘रेशम चौधरी शपथको विषयमा हामीलाई जानकारी नै थिएन। तर, हातहतियार नलिई गएका प्रहरीका एसएसपीलाई टीकापुरमा काटीकाटी हत्या गरिएको प्रकरणमा उनी संलग्न थिए।’ 

बालिकालाई बलात्कार गरेर हत्या गरिएको विषय सानो घटना नभएको बताउँदै देउवाले यो विषयलाई कांग्रेसले जोडदार ढंगले उठाउने बताए। 

उनले कर्मचारीलाई प्रदेशमा पठाउन प्रोत्साहन गर्न सरकारले नसकेको आराप लगाए।  ‘कर्मचारी जान मान्दैनन् त्यसले नै समस्या भएको हो’, देउवाले भने, ‘कर्मचारी निकाल्न पाइँदैन बरु इन्सेन्टिभ दिएर उनीलाई प्रोत्साहन गर्नुपर्छ।’ 

फरक प्रसंगमा देउवाले कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने पनि दाबी गरे।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.