बिरामी बढे, बढेन ठाउँ

बिरामी बढे, बढेन ठाउँ

भक्तपुर : भक्तपुर दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पुग्ने बिरामीको संख्या दोब्बर बढेको छ। केन्द्रको बहिरंग विभाग (ओपीडी) मा पुग्ने बिरामीलाई टिकट काट्न लामो लाइन बस्नुपर्ने भएको छ। जाँच्ने कोठा साँघुरो हुँदा बिरामीले चिकित्सकसँग खुलस्त कुराकानीसमेत गर्न पाउँदैनन्।

केन्द्रले सुरुमा मिर्गाैला र मूत्रप्रणालीसम्बन्धी मात्रै ओपीडी सञ्चालन गरेको थियो। अहिले मुटु र कलेजोको समेत ओपीडी थपिएको छ। मिर्गाैला र मूत्रप्रणाली सञ्चालन भएकै ठाउँमा मुटु र कलेजोका समेत ओपीडी सेवा प्रवाह गरिँदा ठाउँ साँघुरिएको हो।

ठाउँ अभावले एउटै कोठामा चार÷पाँच जना चिकित्सकले बिरामी जाँच्नुपर्ने बाध्यता छ। ‘केन्द्रको सेवा विस्तार गरेका छौं। सेवा बढेसँगै आउने बिरामीको चाप पनि दोब्बर बढेको छ’, केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले भने, ‘तर ठाउँ बढाउन सकिएको छैन।’ उनका अनुसार गत आर्थिक वर्षसम्म दैनिक सय जना बिरामी ओपीडीमा आउँथे। तर, मंसिरसम्म दैनिक दुई सय बिरामी ओपीडीमा आएको उनी बताउँछन्।

उनले स्वास्थ्य मन्त्रालय र भक्तपुरका स्थानीय तहसँग केन्द्रका लागि जग्गा उपलब्ध गराउन पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे। भक्तपुरको चाँगुनारायण नगरपालिकाले करिब ६० रोपनी जग्गा उपलब्ध गराउने वचन दिएको थियो। नपाका मेयर सोमप्रसाद मि श्रले गत वैशाखमा केन्द्रसम्म पुगेर उक्त जग्गा उपलब्ध गराउने वचन दिएका थिए तर अहिलेसम्म प्राप्त नभएको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए।

तीन सय जना डाइलासिसको प्रतीक्षामा

अहिले केन्द्रका डाइलासिस गराउन प्रतीक्षा सूचीमा बसेका बिरामी नै करिब तीन सय छन्। केन्द्रमा दैनिक ३० भन्दा बढी मिर्गाैलाका बिरामी डाइलासिस गराउन पुग्छन्। तर, केन्द्रले प्रतीक्षा सूचीमा रहेकाबाहेक नयाँ बिरामीलाई डाइलासिस सेवा दिन सकेको छैन। ‘केन्द्रमा ठाउँ नहुँदा डाइलासिस मेसिनसम्म बढाउन सकिएको छैन’, कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, ‘ठाउँ मात्रै उपलब्ध भए तत्काल सय वटा डाइलासिस मेसिन थप्न सकिन्छ।’

५४७ जनाको मिर्गाैला प्रत्यारोपण

केन्द्रका ठाउँ अभावकै कारण क्षमताअनुसार मिर्गाैला प्रत्यारोपण गर्न नपाएको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन्। केन्द्रले पाँच वर्षको अवधिमा पाँच सय ४७ जनाको मिर्गाैला प्रत्यारोपण गरिसकेको छ।

चालु आर्थिक वर्षमा मात्रै ७७ वटा मिर्गाैला प्रत्यारोपण गरिएको डा. श्रेष्ठले जानकारी दिए। उनले चालु आर्थिक वर्षको असार मसान्तसम्म करिब दुई जनाको मिर्गाैला प्रत्यारोपण गर्ने लक्ष्य रहेको सुनाए।

तीन जनामा कलेजो प्रत्यारोपण

त्यस्तै, तीन जनामा कलेजोको सफल प्रत्यारोपण गरिसकेको डा. श्रेष्ठले जानकारी दिए। कलेजो प्रत्यारोपणसँगै मुटुसम्बन्धी अप्रेसन गर्न केन्द्रले क्याथल्याब सञ्चालनमा ल्याइसकेको छ। अहिलेसम्मकै अत्याधुनिक २५६ स्लाइसको सीटीस्क्यान मेसिनसमेत जडान गरिसकेको छ।

‘केन्द्र मिर्गाैला, कलेजो र मुटुको उपचार गर्न आवश्यक सम्पूर्ण प्रविधिले युक्त भइसक्यो’, उनले थपे, ‘तर ठाउँ साँघुरो हुँदा बढीभन्दा बढी बिरामीलाई सेवा दिन सकिरहेको छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.