नेपाल भ्रमण वर्ष २०२० सुरु

नेपाल भ्रमण वर्ष २०२० सुरु

काठमाडौं :  सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने निर्णयसँगै तीनै तहको सरकारको समन्वयमा कार्यक्रम सुरु भएको छ। काठमाडौंमा शुक्रबार बसेको मूल आयोजक समितिको बैठकले संघीय सरकारको मात्र नभएर प्रदेश र स्थानीय तहको समेत कार्यक्रम भएकाले समन्वय गरेर भ्रमण वर्षलाई सफल बनाउने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा सातै प्रदेशका मुख्यमन्त्री, सुरक्षा निकाय र अन्य सम्बन्धित मन्त्रालय सहितको २९ सदस्यीय मूल आयोजक समितिका गठन गरी काम अघि बढाएको छ। पर्यटन मन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको मूल आयोजक समितिको बैठकले कार्यक्रमलाई अघि बढाउन कार्यन्वयन समितिलाई

निर्देशन दिएको छ भने कार्यन्वयनका लागि निर्देशिका समेत पारित गरेको छ। बैठकमा उपस्थित सातै प्रदेशका मन्त्री, विभिन्न पर्यटन विकास समितिका उपाध्यक्ष, निजी क्षेत्रका पर्यटन व्यवसायीलगायत २० लाख पर्यटन भिœयाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। सरकारले भ्रमण वर्षलाई कार्यन्वयन गर्न पर्यटन सचिवको संयोजकत्वमा १९ सदस्यीय उपसमिति गठन गरेको छ भने राष्ट्रिय संयोजकमा निजी क्षेत्रबाट सुरज वैद्यलाई नियुक्त गरेर कार्यक्रम अघि बढाएको छ।

कार्यान्वयन उपसमितिले यसै साता केशरमहलमा कार्यालय स्थापना गरी काम सुरु गर्ने तयारी थालेको छ। सरकारले पर्यटन प्रवद्र्धन गर्न १० करोड बजेट विनियोजन गरेको छ भने लक्ष्य पूरा गर्न आउने वर्ष थप बजेट विनियोजन गर्नेछ। बैठकमा बोल्दै संयोजक तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले परिणाम आउने गरी संघीय सरकारको योजनाअनुसार मुख्य लक्ष्य हासिल गर्ने गरी प्रदेश र स्थानीय तहलाई समेत कार्यक्रम बनाउन निर्देशन दिए।

राष्ट्रिय संयोजक वैद्यले ‘नेपाल टुरिज्म इन्भेष्टमेन्ट समिट २०१९’ वर्ष सफल बनाउने लक्ष्य राखेकाले निजी क्षेत्रलाई लगानीका लागि वातावरण बनाइ दिन सरकारसँग आग्रह गरे। नयाँ गन्तव्य, लगानी र भौतिक संरचना निर्माण मुख्य भएको उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.