क्याप्टेन थापाको पुस्तक 'बारुदमाथि उड्दा' बजारमा

क्याप्टेन थापाको पुस्तक 'बारुदमाथि उड्दा' बजारमा

काठमाडौं : क्याप्टेन रामेश्वर थापको संस्मरणात्मक पुस्तक 'बारुदमाथि उड्दा' बजारमा आएको छ। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापाको संस्मरणात्मक पुस्तक बुक–हिल पब्लिकेसनले बजारमा ल्याएको हो। 

पूर्व प्रधानन्यायाधीश एवं राष्ट्रिय मानअधिकार आयोगका प्रमुख अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले शनिबार राजधानीमा पुस्तकको संयुक्त रुपमा विमोचन गरे।

आफ्नो ‘फ्लाइङ करिअर’मा नौ हजार घण्टाभन्दा बढी समय आकाशमा उडेका क्याप्टेन थापा माओवादी ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका थिए।

पुस्तकमा लेखक थापाले युद्धस्थलका आला घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमंगिएको बखतका उद्धारको वर्णन गरेका छन्।

रामेछापको बेथानदेखि सिन्धुलीको भिमाद, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमणलगायत ४० भन्दा बढी स्थानका घटनाको तात्कालिक अवस्था र उद्धारको रोचक वर्णन क्याप्टेन थापाले पुस्तकमा गरेका छन्।

काभ्रेपलाञ्चोकको सामान्य किसान परिवारमा जन्मेर हेलिकोप्टर पाइलट बन्न गरेको मेहनत र संघर्ष तथा जीवनमा उठाएका जोखिम र त्यससँग सम्बन्धित घटना र परिघटनाले उनको दुस्साहसपूर्ण चरित्रको समेत रोचक वर्णन पुस्तकमा छ।

क्याप्टेन थापाको संस्मरण ‘जनयुद्ध’का दौरान सँगालेका दुर्लभ र जोखिमपूर्ण अनुभवको एरियल न्यारेटिभ हो। पुस्तक अन्नपूर्ण पोस्ट् दैनिकका पूर्वसम्पादक राजाराम गौतमले सम्पादन गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.