सरकारले संविधानलाई पन्छायाे : प्रकाशमान सिंह

सरकारले संविधानलाई पन्छायाे : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीयता घट्दै गएको बताएका छन् । संसदीय समितिले आफ्नो प्रतिवेदन नै नबुझाइ आत्तिएर रातारात कानुन विपरित समिति बनाउन लागि परेको उनको आरोप छ ।

यसले संसदीय अभ्यास र अधिकार क्षेत्रलाई नै प्रभावित पार्ने काम गरेको भन्दै त्यसप्रति उनले रोष प्रकट गरे ।

४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको कार्यक्रममा नेता सिंहले दुई तिहाईको सरकारले संविधानलाई पन्छाएर अगाडि बढ्न खोजेको पनि बताए ।

‘सरकार दुई तिहाईको बलमा कानुनभन्दा माथि उठेर मुद्दा लगाएको रेशम चौधरीलाई सपथ खुवाइरहेको छ,’ उनले भने । सरकारले मुद्दा चलेको व्यक्तिलाई राजनीतिक फाइदाका लागि कानुन मिचेर सपथ खुवाएको उनको तर्क छ । नेता सिंहले वाइडबढी किनबेचमा भएको घोटलाबारे सरकार डराएर छानविनका लागि कानुनविपरित नयाँ समिति गठन गरेको पनि उनको आरोप छ ।

पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले कानुन विपरित एकपछि अर्को काम गर्नुले पनि सरकारको विश्वसनीयता घटेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.