अन्नपूर्णकर्मी सुवेदी सहकारी बैंक पत्रकारिताबाट पुरस्कृत
काठमाडौं : सहकारी बैंक पत्रकारिता पुरस्कारबाट अन्नपूर्णकर्मी तुलसी सुवेदी सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रबाट सहकारीको विकास र वित्तीय क्षेत्रमा सक्रिय रुपमा कलम चलाएको भन्दै बैंकले पुरस्कृत गरेको हो ।
राष्ट्रिय सहकारी बैंकको १५ औं वार्षिक साधारणसभाका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुवेदीलाई सम्मान गरेकी हुन् । सुवेदी दुई वर्षयता अन्नपूर्ण पोष्टसँग आवद्ध रहँदै आएका छन् ।