आफ्नो भत्ताबाट मेयरले किनिदिए रिक्सा

आफ्नो भत्ताबाट मेयरले किनिदिए रिक्सा

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिका प्रमुख भीमबहादुर थापाले आफूले पाउँदै आएको तलब, भत्ताबापतको रकमबाट एक मजदुरलाई रिक्सा प्रदान गरेका छन्। चुनावको समयमा तलब भत्ताबापत पाउने रकम ज्येष्ठ नागरिक, असहाय, विपन्न वर्ग र सामाजिक कार्यमा लगाउने प्रतिबद्धताअनुसार नगर प्रमुख थापाले सुनवल–२ रजहाँ बस्तीका ५२ वर्षीया किशोरी बनियालाई रिक्सा प्रदान गरेका हुन्।

बनियाले २८ वर्षदेखि रिक्सा चलाएर परिवार पाल्दै आएका छन्। बजारमा भित्रिएका इ–रिक्साले अन्य रिक्सा विस्थापित भइरहेका छन्। इ–रिक्सा खरिद गर्न रकम नभएको र भएको रिक्सासमेत पुरानो भएकाले परिवार पाल्न समस्या भएको जनाएपछि थापाले उनलाई ३० हजार मूल्यको नयाँ रिक्सा प्रदान गरेका हुन्।

दिनभरको कमाइले पुरानो रिक्सा मर्मत गर्नैमा खर्च भइरहँदा बनियाले घर खर्चसमेत धान्न सकेका थिएनन्। नयाँ रिक्सा पाएपछि दंग हुँदै बनियाले भने, ‘मेयर साहेबको सहयोगले अब दैनिकी गुजारा टार्ने पिरलो हटेको छ।’ नगरप्रमुख थापाले तलब–भत्ताबापत आउने रकम जम्मा गर्न कोष नै खडा गरेर गरिब तथा विपन्नको सहयोग र सामाजिक काममा लगाउँदै आएका छन्।

यसअघि उनले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थ यात्रा, विपन्नको किरिया खर्च, मिर्गाैला पीडितको उपचारलगायतमा करिब ५ लाख बढी रकम वितरण गरिसकेका छन्। नगरप्रमुखको पद समाप्तिपछि पनि उक्त कोषमा भएको रकमले विपन्नको सहयोगमा खर्च गर्ने थापाले बताए। तलब, भत्ताबाहेक व्यक्तिगत रकमसमेत कोषमा जम्मा गरेको थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.