हुम्लाको मेखाला गाउँमा आगलागी, १३ खर्क जले

हुम्लाको मेखाला गाउँमा आगलागी, १३ खर्क जले

सिमकोट : आगलागीले चंखेली गाउँपालिका २ मेखाला गाउँको १३ खर्क जलेर नष्ट भएका छन्। गोठालो गएका बालबालिकाहरुले बालेको आगो सल्केर मेखालाको औलमा रहेका खरले छाएका खर्क पूर्ण रुपमा जलेको मेखालाका स्थानीय धनबहादुर ऐडीले जानकारी दिए। 

शनिबार बेलुका लागेको आगोले खर्कमा राखिएका खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा सबै जलेको स्थानीय पिप्लाङ प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्थानीय गोपाल ऐडीका अनुसार गाईवस्तु र खर्कमा बस्ने ग्वाला सबै वनमा गएको बेला आगलागी भएकाले कुनै मानविय र चौपायाको क्षति भएको छैन। आगोले पुस, माघ र फागुन महिनासम्मका लागी भण्डारण गरी राखिएको सबै घाँस जलेर नष्ट भएपछि समस्या भएको उनले बताए। 

आगलागीबाट धन बहादुर ऐडी, ज्ञाने तामाङ, गोपाल ऐडी, पाल्सरी तामाङलगायत १३ जनाको खरले छाएका खर्क र घाँस जलेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.