एक वर्षमा युएईमा १०३ नेपाली कामदारको मृत्यु

एक वर्षमा युएईमा १०३ नेपाली कामदारको मृत्यु

दूबइ : नेपाली दुतावास अबुधाबीले सन् २०१८ मा वैदेशिक रोजगारिका सिलसिलामा संयुक्त अरब इमिरेट्समा मृत्यु भएका नेपालीको विवरण सार्बजनिक गरेको छ। उक्त विवरणमा एक वर्षको अवधिमा कामका लागि युएई पुगेका १०३ जना नेपालीको मृत्यु भएको तथ्यांक उल्लेख गरिएको छ।  

दुतावासका अनुसार सबैभन्दा धेरैको मृत्यु प्राकृतिक कारणले भएको छ। जसमा ३ जना महिला र ४४ जना पुरुष रहेका छन्। दोश्रो कारण भने आत्महत्या रहेको छ। जसमा महिलाको संख्या ३ र पुरुषको संख्या ३० रहेको छ। त्यसैगरी दुर्घटनामा मृत्यु हुने महिलाको संख्या २ र पुरुषको संख्या २१  रहेको नेपाली दुतावास अबुधाबीले सार्बजनिक गरेको विवरणमा उल्लेख गरिएको छ।  

शव पठाउन बाँकी हार्ट अट्याकबाट मृत्यु भएका सूर्य बिकको मृत्युको कारण अझै अनुसन्धान चरणमा रहेको बताइएको छ। साथै अमृतबहादुर कार्की र आशोक भट्टराई र आफ्नै महिला साथीको चक्कु प्रहारबाट हत्या गरिएकी काठमाडौंकी सृजना बरालको घटना पनि अनुसन्धानकै चरणमा रहेको दुतावासले जनाएको छ।  

युएइको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिसकेपछि बाँकी रहेका व्यक्तिको शव नेपाल पठाइने नेपाली दुतावास युएईका श्रम सहचारी मोति सागर भुसालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.