क्यानले मुद्दा फिर्ता लियो, आईसीसीको निलम्बन फुकुवा सहज

क्यानले मुद्दा फिर्ता लियो, आईसीसीको निलम्बन फुकुवा सहज

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छ । क्यान पदाधिकारीले शुक्रबार नै मुद्दा फिर्ता लिएको बेहोरासहितको निवेदन सर्वोच्चमा दर्ता गराएको हो । यससँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया सहज अघि बढ्ने अनुमान गरिएको छ ।

 यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो समानान्तरमा अर्को तदर्थ समिति गठन गरेपछि क्यान निर्वाचित समितिले सो निर्णयविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता गराएको थियो । सोही मुद्दाका कारण आईसीसीले निलम्बन फुकुवाको प्रक्रिया अघि बढाउन मुस्किल भएको जनाउँदै आएको थियो ।

 निर्वाचित समितिले यसअघि नै मुद्दा फिर्ता लिने घोषणा गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन भने शुक्रबार गरेको हो । ‘हामीले मुद्दा फिर्ता लिएपछि कसरी र कुन प्रक्रियामार्फत निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्छ भनेर आईसीसीको टाइमलाइन कुरिरहेका थियौं । 

त्यो टाइमलाइन अझै आउन बाँकी छ’, निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘यद्यपि हामीले यसअघि नै घोषणा गरेअनुसार मुद्दा फिर्ता लिएका छौं । त्यससम्बन्धी निवेदन शुक्रबार नै सर्वाेच्चमा दर्ता गरिसकेका छौं । बाँकी कुरा सहज अघि बढ्ने विश्वास लिएको छु ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.