बंगलादेशको डेब्यु खेलमा सन्दीपको चमक : लिए दुई विकेट
काठमाडौं : बंगलादेश प्रिमियर लिग (बीपीएल)को डेब्यू खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने चम्किएका छन्।
आइतबार सिलेट सिक्सर्सबाट (बीपीएल)को डेब्यू खेल खेलेका सन्दीपले दुई विकेट लिएका हुन्। चार ओभरमा १६ रन दिएर सन्दीपले दुई विकेट लिएका हुन्।
विकेट लिने क्रममा सन्दीपले सोयव मलिकलाई १३ र इनामुल हकलाई पाँच रनमा बोल्ड आउट गरे।
सन्दीप चम्किए पनि उक्त खेलमा उनको टिम सिलेट भने पराजित भएको छ। टस हारेर पहिलो ब्याटिङ गरेको सन्दीपको टिम सिलेट एक बल बाँकी छँदा चार विकेटले पराजित भएको हो ।
१२८ रनको चुनौती पछ्याउने क्रममा कोमिला भिक्टोरियन्सले १९ दशमलव ५ ओभरमा १३० रन बनाउँदै जित निकालेको हो।