८ वर्षअघि बुद्धका मूर्ति चोर्ने ४ पक्राउ
डोल्पा : हिमाली जिल्ला डोल्पाबाट बुद्धका मूर्ति चोर्ने ४ जना प्रक्राउ परेका छन्। माथिल्लो डोल्पाको राप गुम्बाबाट ८ वर्ष पहिले बुद्धका बहुमुल्य मूर्ति चोर्ने मुख्य चारजना पक्राउ परेका हुन्।
शे-फोक्सुण्डो गाउँपालिका ४ रापम गुम्बाबाट विभिन्न प्रकारका पूरात्तात्विक प्राचिन बुद्धका मूर्ति तथा स्तुपा चोरीमा संलग्न ४ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा शे-फोक्सुण्डो गाउँपालिका ४ बस्ने ४१ वर्षीय उर्केन पासाङ,सोही गाउँपालिका १ का ४१ वर्षीय झयाम्पा छुल्डीम लामा, वडा न ४ कै पासाँङलुण्डुप गुरुङ र डोल्पोबुद्ध गाउँपालिका ३ का छिरिङ धावा गुरुङ रहेको प्रहरीले बताएको छ।
पक्राउ परेका ४ जनाले ८ वर्ष पहिले राप गुम्बाबाट सक्कली मूर्ति र स्तुपा चोरेर बेच्ने मुख्य नाइके नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए।
'सक्कली मूर्ति चोरी गरेर बिक्री गर्ने मुख्य योजनाकार नै हामीले पक्राउ गरेका छौं, थप अनुसन्धान पछि अरु पनि फेर्ला पर्न सक्छन् हाम्रो अनुसन्धान सकिएको छैन।' पक्राउ परेका ४ जनामध्ये झयाम्पा लामासहित ३ जनालाई काटमाडौंबाटै सिआइबीले पक्राउ गरेको र पासाङ लुण्डुपलाई उसैको घरबाट प्रहरीले पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अुनसार सिआइबीले पक्राउ गरेका झयाम्पा लामाको साथबाट एक लाख नगद र तिब्बतीयन भाषामा लेखेको पत्र समेत बरामद गरेको थियो।
'गुम्बाका सक्ली र नक्कली दुबै मूर्ति चोरी'
राप गुम्बाबाट सक्कली मूर्ति लगेर नक्कली मूर्ति राखेको र ति नक्कली मूर्तिहरु पनि यसै बर्ष कार्तिकमा चोरी भएकोले नक्कली मूर्ति र स्तुपा कसले चोरी गर्यो भन्नेबारे थप अनुसन्धान भैरहेको डीएसपी बिष्टले जानकारी दिए।
माथिल्लो डोल्पामा चोरी भएका गुम्बाबाट सक्कली लगेर नक्कली स्थापित गरेको र त्यो नक्कली मूर्तिको पनि चोरी भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
गाउँकै जानमान र पुजारीको विश्वासमा स्थानीयले गुम्बाका मूति राख्ने गरेको र पछि एकाएक मूर्तिहरु चोरी हुने गरेका स्थानीय पेमाछेवाङ लामाले दुखेसो सुनाए।
उनी भन्छन्,' माथिल्लो डोल्पामा सुरक्षा नभएको कारण पनि चोरीका घटना झनै बढेर चोरको मनोवलमा वृद्धि भएको हो।
'एक दशकमा आधा दर्जन गुम्बाट मूर्ति चोरी'
पछिल्लो एक दशकमा माथिल्लो डोल्पाका आधा दर्जन गुम्बाबाट सयौ बुद्धका मूर्तिहरु र स्तुपाहरु चोरी भएका छन्। हाल सम्म माथिल्लो डोल्पामा मूर्ति चोरी गर्नेहरु दुईपटक मात्र पक्राउ परेका छन भने मूर्तिहरु पनि दुईपटक फेला परेका छन्।
माथिल्ला डोल्पाका चर्चित र सयौं वर्ष पूराना गुम्बाबाट पूरात्तात्विक बुद्धका मूर्ति र स्तुपा चोरी भैरहेका छन्। पछिल्लो एक दशकमा शे-गुम्बा,राप गुम्बा,थासोङछोलीङ गुम्बा,पुनिखा गुम्बा,धो मा रहेका २ गुम्बा र काइकेमा रहेको गुम्बा गाउँको गुम्बाबाट चोरी भएका छन्।