घमण्ड त्यागेर अगाडि बढ्नु आवश्यक छ : प्रचण्ड

घमण्ड त्यागेर अगाडि बढ्नु आवश्यक छ : प्रचण्ड

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमिकमजोरीमाथि आत्मालोचना गर्दै पार्टी र सरकारअघि बढ्नुपर्ने बताएका छन्। 

घमण्ड त्यागेर अघि नबढे कम्युनिस्ट आन्दोलन क्षणभरमै अन्त्य हुने उनको भनाइ छ। ‘दुई पार्टीको एकतापछि बनेको सरकार र पार्टीमा घमण्ड त्याग्ने र कमिकमजोरीमाथि आत्मआलोचना गर्ने क्षमता हुनुपर्छ’, प्रचण्डले भने। 

वाइडबडी विमान खरिदलगायतका विषयतर्फ इंगित गर्दै प्रचण्डले कमजोरीमाथि आत्मलोचना गर्दै अघि बढ्दा जनताको विश्वास कायम रहिराख्ने बताए। ‘जनताको आवाज सुनिएन, कमिकमजोरीको आत्मालोचना गरिएन भने प्रतिक्रान्ति हाबी हुँदै आउँछ’, प्रचण्डले भने,  ‘जनतामा भ्रम छर्ने प्रयत्न हुन्छ।’

बुटवलमा आइतबार लोक अभियान नामक पाक्षिक पत्रिकाको लोकार्पण गर्दै प्रचण्डले विश्वको ध्यान तानेको पार्टीलाई जनपक्षीय काममा बलियो बनाएर लैजानुपर्ने आवश्यकता संगै कमजोरीको आत्मआलोचना समेत गरेर अघि बढ्नुपर्नेमा जोड दिए। 

सोभियत संघसँगै युरोपियन मुलकका सत्ता पार्टी कमजोरी स्वीकार नगर्ने र जनपक्षीय काम नगरेकै कारण दर्दनाक तरिकाले पतन भएको स्मरण गर्दै उनले सचेत भएर काम गर्ने बेला आएको बताए।

‘पराजित शक्तिहरु झन् बलियो भएर, अनेक उपाय लगाउँदै आन्दोलनका उपलब्धिमाथि भम्र छरेर आउने योजनामा छन्’, उनले भने, ‘हामीले त्यसलाई बुझेर अझ बलियो बन्दै अघि बढ्नुपर्छ।’

लुम्बिनी क्षेत्र २५ सय वर्षअघिकै राजतन्त्रात्मक क्षेत्र भएको स्थानबाट बोल्दै गर्दा अहिलेको गणतन्त्रसम्म आउनु महत्वपूर्ण उपलब्धी भएको उनको जिकिर छ।
 
प्रचण्डले आइतबार नै बुटवलमा नेकपाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको रणनीति अनुरुप अघि बढ्न निर्देशन दिए। 

विचार र नेतृत्वलाई मिलाएर अघि बढ्दा मात्रै पार्टी बलियो हुने उनको भनाइ छ। सो अवसरमा पार्टीको स्थानीय नेतृत्वको जिम्मेवारीप्रति असन्तुष्ट पक्षले प्रचण्डलाई ज्ञापनपत्र समेत बुझाएको छ। रुपन्देहीका जिल्ला तहसहित पालिका स्तरको नेतृत्वमा सहमति कायम हुन सकेको छैन।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.