७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५३ वर्षीय पक्राउ

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गर्ने ५३ वर्षीय पक्राउ

जनकपुरधाम : सात वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले ५३ वर्षीय वृद्धलाई पक्राउ गरेको छ। धनुषाको हंसपुर नगरपालिका- ८ का कल्याण कुमार कार्कीलाई बालिकासँग अप्राकृतिक मैथुन गराउने प्रयास र जवरजस्ती करणीको उद्योगमा पक्राउ गरी थप अनुसन्धान थालिएको छ।

कार्कीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो। पुस २० गते कार्कीले विद्यालयमा पढ्न गएको बेला सात वर्षीय बालिकालाई ललाई फकाई यौन दुव्र्यवहार गर्न खोजेका थिए। बालिकाले घरमा गुनासो गरेपछि परिवारजनले प्रहरीमा उजुरी दिएको आधारमा कार्कीलाई पक्राउ गरिएको हो। 

प्रहरीमा उजुरी परेपछि फरार भएका कार्की घटना भएको दुई दिन पछाडी जिल्लाको गणेशमान चारनाथ नगरपालिका पोर्ताहाबाट आइतबार पक्राउ परेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.