डेढ अर्बको ट्रान्सफर्मर आयात

डेढ अर्बको ट्रान्सफर्मर आयात

वीरगन्ज : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगन्ज नाका हुँदै एक अर्ब ५१ करोड रुपैयाँको १४ हजार एक सय १६ थान विद्युतीय ट्रान्सफर्मर आयात भएको छ। गत आवको सोही अवधिमा यसै नाकाबाट ३० करोड ४९ लाख ११ हजारको नौ हजार आठ सय नौ थान ट्रान्सफर्मर आयात भएको थियो। चालु आवको साउनदेखि मंसिरसम्म गत वर्षको सोही अवधिभन्दा ७० करोड दुई लाख ७२ हजार रुपैयाँ बढी मूल्यको अर्थात् पाँच हजार २७ थान बढी ट्रान्सफर्मर आयात भएको हो।

पाँच महिनामा वीरगन्ज नाकाबाट सबैभन्दा बढी एक केभीए क्षमताको आठ हजार नौ सय ९८ थान ट्रान्सफर्मर आयात भएको छ। यस्तै ६ सय ५० केभीए क्षमताको तीन हजार तीन सय ४७ थान र पाँच सय केभीए क्षमताको एक हजार एक सय १४ थान आयात भएको छ। यस्तै १६ केभीए क्षमताको ६ सय ४४ थान र १० हजार केभीए क्षमताको ट्रान्फर्मर १३ थान मात्र भित्रिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महत्तोले जानकारी दिए।

गत आवको सोही अवधिमा वीरगन्ज नाका हुँदै एक केभीए क्षमताको आठ हजार तीन सय पाँच थान ट्रान्सफर्मर आयात भएको थियो। गत बुधबार पनि भारतको गुजरात राज्यको बडोदराबाट रक्सौल नाका हुँदै १८ वटा ट्रकमा दुई सय ७० थान ट्रान्सर्फमर भित्रिएको छ। चालु आवको पहिलो पाँच महिनामा भारतबाट आयात गरिएको ट्रान्सफर्मरबाट वीरगन्ज भन्सार कार्यालयले १५ करोड ५५ लाख १३ हजार दुई रुपैयाँ राजस्व संकलन गरेको छ। वीरगन्ज नाका हुँदै आयात गरिएको ट्रान्सफर्मर, भारतको गुजरात राज्यको बडोदरा सहरमा बनाइएको हो।

पाँच महिनामा भारतबाट आयात गरिएको ट्रान्सफर्मरबाट वीरगन्ज भन्सार कार्यालयले १५ करोड ५५ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

पछिल्लो समय नेपालका विभिन्न स्थानमा जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेकाले भारतबाट ट्रान्सफर्मरको आयात बढेको हुन सक्ने नेपाल विद्युत् प्राधिकरणकी सूचना अधिकृत लीला अर्यालले बताइन्। प्राधिकरणले पनि अघिल्लो अवमा भारतका विभिन्न्न कम्पनीसँग तीन हजार चार सय थान ट्रान्सफर्मर खरिद गर्ने सम्झौता गरेको जानकारी अर्यालले दिइन्। तीमध्ये चालु आवमामा एक हजार दुई सय थान ट्रन्सफर्मर, वीरगन्ज नाका हुँदै आयात गरिएको छ। उनले भनिन्, ‘अरु दुई हजार दुई सय थान आउन बाँकी छ। केही आउने क्रममा पनि छन्।’

यसबाहेक औद्योगिक प्रतिष्ठानले पनि उद्योगमा जडानका लागि छिटफुट रूपमा भारतबाट ट्रान्सफर्मर आयात गर्ने गरेको अर्यालले बताइन्। विद्युत् प्राधिकरणले चीनबाट पनि केही परिमाणमा ट्रान्सफर्मर आयात गर्ने गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.