साढे ६ करोडमा भक्तपुरमा तरकारी बजार

साढे ६ करोडमा भक्तपुरमा तरकारी बजार

भक्तपुर :  काठमाडौंको कालिमाटीपछि दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार २५ गतेदेखि सञ्चालनमा आउने भएको छ। युवा श्यामसुन्दर बस्नेतले मध्यपुरथिमि नगरपालिका ३ गठ्ठाघरमा भक्तपुरकै पहिलो व्यवस्थित ठूलो तरकारी बजार सञ्चालनमा ल्याउने भएका हुन्।

६ करोड ५० लाख रुपैयाँ लगानीमा ८ रोपनी क्षेत्रफलमा सुरु हुन लागेको तरकारी बजारमा दुई रोपनी क्षेत्रफल पार्किङका लागि छुट्याइएको सञ्चालक बस्नेतले बताए। उनले भने, ‘बालकोटमा बुबा श्यामबहादुर र आमा नानुले अथक मिहेनतले उब्जाएको एक मुठा फर्सीको मुन्टा बिचौलियाले १० रुपैयाँमा किनेर एक किलोमिटर पर गठ्ठाघरमा ३० रुपैयाँमा बिक्री गरेको देखेपछि बिचौलियाको दलाली अन्त्य गर्न तरकारी बजार निर्माण गरेको हुँ।’

गट्ठाघर, चारदोबाटो र बालकोटको संगमस्थानमा तरकारी बजार बनाइएको हो। दुईतर्फी पक्की सडकसमेत विस्तार गरी बस्नेतले १३० वटा सटर र १५० स्टल गरी २८० वटा तरकारी पसल रहने गरि तरकारी बजार निर्माण गरेका हुन्। उनले ७० प्रतिशत सटर बुकिङ भइसकेको बताए। नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य बस्नेतले भने, ‘म राजनीतिक मात्रै होइन सामाजिक मान्छे पनि हुँ, कृषकले पसिना चुहाएर गरेको मिहेनत र दुःखको मूल्य नतिर्ने र बिनालगानी तीन सय प्रतिशतसम्म नाफा खाने बिचौलियाको अन्त्य गर्न लागेको हुँ।’ उनका अनुसार, कालिमाटी र बल्खु लगायतका तरकारी बजारभन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने र कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी संकलन गरिनेछ।

तरकारी बजार र संकलन केन्द्रमा प्रत्यक्ष एक सयभन्दा बढी कलेज पढ्ने विद्यार्थी तथा युवालाई आफूले रोजगारी दिने र प्रत्येक पसलमा समेत गरी करिब आठ सयजनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारीको व्यवस्थासमेत गरेको बस्नेतको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.