आठौं राष्ट्रिय खेलकुद फागुनमै

आठौं राष्ट्रिय खेलकुद फागुनमै

नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनामै आयोजना हुने दाबी गरेका छन् । निर्माणाधीन नेपालगन्ज रंगशालाको निर्माणको काम अधुरै छाडेर प्रतियोगिताका लागि हतार गर्न नहुने राखेप पदाधिकारीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै नेपालगन्ज आएका सदस्यसचिव विष्टले फागुनमै प्रतियोगिता आयोजना हुने बताएका हुन् ।

विष्टले केही दिनभित्र राखेप बोर्डको बैठक बसेर प्रतियोगिता नसर्ने गरी मिति तय गर्ने बताए । ‘फागुनमै प्रतियोगिता आयोजना हुनेमा कुनै अन्योल र दुविधा छैन । कृत्रिम ढंगले अन्योलताको प्रचार गरिएको हो । फागुनमै प्रतियोगिता हुन्छ र गर्न सकिन्छ’, विष्टले अन्नपूर्णसँग भने । हरेक वर्ष ‘क्यालेन्डर मिस’ गर्दा राष्ट्रिय प्रतियोगिताले कसैलाई फाइदा नहुने जिकिर गर्दै उनले भने, ‘आठौं मात्र होइन । अब हरेक दुईदुई वर्षमा नियमित रूपमा राष्ट्रिय प्रतियोगिता आयोजना हुन्छ । नवौं र दसौं पनि दुईदुई वर्षमै हुन्छ । हामी त्यही थिति बसाल्दैछौं ।’

रंगशालाको फिल्ड र भीआईपी प्यारापिट निर्माणका लागि ठेकेदारलाई १५÷१५ दिनको म्याद थप गरी काम चाँडो सम्पन्न गर्ने उनको भनाइ थियो । ‘पुस मसान्तभित्र रंगशालाको फिल्डको काम सकिन्छ । त्यसपछि घाँसको चपरी हाल्ने काम मात्र बाँकी रहन्छ’, उनले दाबी गरे, ‘१० दिनभित्र भीआईपी प्यारापिटको फाउन्डेसनको काम सकिन्छ । मलेसियामा सामान बनिरहेको छ । सामान नेपाल ल्याएपछि १५ दिनमा फिटिङको काम रात दिन लगाएर सात दिनमै सम्पन्न गरिन्छ ।’

भन्सारबाट सामान ल्याउँदा सरकारबाट विशेष व्यवस्था गर्ने पनि उनको दाबी थियो । भीआईपी प्यारापिटमा कोठाहरू निर्माण गर्ने, फिनिसिङ गर्ने लगायतका कामहरू बाँकी राखेर भए पनि प्रतियोगिता आयोजना गर्न सकिने उनले बताए । खेल पूर्वाधार निर्माणमा बजेट पनि बाधक बनिरहेको बारे विष्टले बजेट निकासाका लागि अर्थ मन्त्रालयमा निवेदन दिइसकिएकाले निकासामा कुनै दुविधा नरहेको प्रस्ट पारे ।

‘हामीलाई ४३ करोड आवश्यक हो । १७ करोड ८३ लाख रुपैयाँ निकासा भइसकेको छ । अरू रकम पनि चाँडै निकासा हुन्छ । सरकारको नीति तथा कार्यक्रममा परेको बजेट हो । निकासामा समस्या हुन्न ।’ राखेप पदाधिकारी पिच्छे राष्ट्रिय खेलकुदबारे फरकफरक धारणा आउनुलाई भने उनले ‘व्यक्तिगत इन्ट्रेस’ का विचारको संज्ञा दिए ।

एकजना कसैले भन्दैमा प्रतियोगिताको मिति तय हुने नभई बोर्ड बैठकबाट मिति तय हुने भएकाले कसैको अभिव्यक्तिको आधारमा धारणा नबनाउन पनि उनले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.