तेस्रो भयो थ्रीस्टार

तेस्रो भयो थ्रीस्टार

काठमाडौं  : थ्रीस्टार क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई २–० गोलले हरायो । लिगको आफ्नो अन्तिम खेलमा थ्रीस्टारका लागि बुद्धराज लिम्बूले खाता खोले । बुद्धराजले २८औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफमा अर्को गोल थपेको थियो ।

थ्रीस्टारका रञ्जन विष्टले ८९औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । शेर्पा माथिको जितसँगै थ्रीस्टारले तेस्रो बन्दै लिगको अन्त्य गरेको छ । खेलभर थ्रीस्टारको दबाब झेलेको हिमालयन शेर्पाले गोल गर्न लायक अवसर बनाउन सकेन । जितसँगै थ्रीस्टारले २६ अंक बनायो । १७ अंक बनाएको हिमालयन शेर्पा क्लब सातौं स्थानमा रह्यो ।

यसैगरी हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र क्लबलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा आर्मीका लागि भरत खवासले दुई गोल गरे । अर्को गोल टंक बस्नेतले गरेका थिए । टंकले २९औं मिनेटमा गोल गर्दै आर्मीको उत्साह बढाएका थिए । त्यसपछि आर्मीले दोस्रो हाफमा दुई गोल थपेको थियो । आर्मीका कप्तान भरत खवासले ६२औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । आर्मीले ७३औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । मच्छिन्द्रका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई भरतले सही सदुपयोग गरेका थिए ।

यस जितसँगै २५ अंक बनाएको आर्मी लिगमा चौथो भएको छ । सात अंकमा सीमित मच्छिन्द्र १३औं स्थानमा छ । मच्छिन्द्रको आगामी वर्ष हुने लिगमा एक अथवा दुई अंक घट्ने सम्भावना बढेको छ । हाल ६ अंकसहित तालिकाको अन्तिममा रहेको एनआरटीले अन्तिम खेल ब्रिगेड ब्वाइजसँग खेल्दैछ । यदि एनआरटीले ब्रिगेडलाई हराएमा मच्छिन्द्र तालिकाको अन्तिममा पर्नेछ । लिगको उपाधि मनाङले दुई खेलअघि नै जितिसकेको छ । संकटा पनि एक खेलअगावै उपविजेता बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.