रकम पठाएर निगमलाई टाट पल्टनबाट जोगाएँ : मन्त्री अधिकारी
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्दै वाइडबडी खरिद प्रक्रिया कानून सम्मत नै रहेको बताएका छन् ।
उनले वाइडबडी खरिद वापत अन्तिम किस्ता पठाएर ठूलो रकम क्षति हुनबाट रोकेको पनि जिकिर गरे । पत्रकारहरुलाई जवाफ दिँदै उनले जहाजको अन्तिम किस्ता रकम नपठाएको भए नेपाल वायुसेवा निगम टाट पल्टने पनि बताएका छन् ।
२०७३ पुस १ गते आरएसपी कानून विपरित भन्दै परेको उजुरीको फैसला अनुसार आफू गलत नरहेको मन्त्री अधिकारीको भनाइ छ । २०७४ मंसिर २७ गतेको सर्वोच्च अदालतको फैसला अनुसार नै जहाजको अन्तिम किस्ता रकम पठाएको दावी अधिकारीले गरेका हुन् ।
यसरी नेपाल वायुसेवा निगमलाई टाट पल्टनबाट जोगाएको मन्त्री अधिकारीको जिकिर छ । पर्यटन मन्त्रालयमा मन्त्री अधिकारीले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् । सम्मेलनमा पत्रकार र मन्त्री अधिकारीबीच प्रश्न–उत्तर जारी छ ।