वर्षासँगै उच्च हिमाली भेगमा हिमपात
![वर्षासँगै उच्च हिमाली भेगमा हिमपात](https://annapurnapost.prixacdn.net/media/albums/Highly-Area-Himpat-Nkt-5_20190107063506_Iii5BrzHQR.jpg)
नुवाकोट : जाडोयामसंगै पानी परेपछि नुवाकोट र रसुवामा हिमपात भएको छ। सोमबार बिहानैदेखि पानी परेपछि दुवै जिल्लाका विभिन्न स्थानमा हिमपात भएको हो।
वर्षा र हिमपातका कारण नुवाकोट र रसुवाको उच्च भेगमा चिसो बढेको छ। चिसाेका कारण नुवाकोट र रसुवाको जनजीवन कष्टकर हुँदै गएको छ।
नुवाकोटको पर्यटकीय क्षेत्र ककनी, सिक्रे, सामरी, भाल्चे, फिकुरी, काहुले, घ्याङफेदी, उर्लेनी, चिम्टेश्वर तथा रसुवाको लाङटाङ, गोसाइकुण्ड, गत्लाङ, थुमन, साङ्जेन, गणेश हिमाल आसपासका क्षेत्रमा हिमपात भएकाे रसुवाका पर्यटन व्यवसायी सेनमटासी तामाङले जानकारी दिए। चिसाेका कारण लाङटाङ, क्यान्जिङ तथा गणेश हिमाल आसपासको भ्रमणमा पुगेका विदेशी पर्यटकहरु फर्किँदै छन्।
नुवाकोटको सदरमुकाम विदुरको तापक्रम सोमवार १० डिग्री सेन्टिग्रेडमा झरेको छ। अत्याधिक चिसो बढेसँगै सर्वसाधारणको दैनिकी परिवर्तन भएको छ। भूकम्प गएको ४४ महिना हुँदासमेत नुवाकोट र रसुवाका भुकम्प पीडितहरुको घर निर्माण भएको छैन। उनीहरु अहिले चिसोको चपेटामा परेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)