द्विविधामा डा. केसी : अनसन बस्ने कि ओपीडीमा !

द्विविधामा डा. केसी : अनसन बस्ने कि ओपीडीमा !

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी द्विविधामा रहेका छन्। उनलाई अस्पतालको बहिरंग विभाग (ओपीडी) मा बसेर बिरामी जाँच्ने कि १६  औं अनसन बस्ने द्विविधा भएको छ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उप-समितिबाट सरकारसँग आफूले गरेको संझौता विपरित चिकित्सा विधेयक पारित भएको आक्रोश व्यक्त गर्दै अबिलम्ब सच्याउन माग गरेका छन्।

सोमबार पत्रकार सम्मेलनमा उनले भने, 'पुष २५ गतेसम्मका लागि अनसन सारेको थिएँ, तर प्रतिवेदन नसच्चिए दिएको समयसीमा भन्दा अगाडि नै अनसन गर्न बाध्य हुनेछु।'

विधेक अघि बढाउने क्रममा संसदीय उप-समितिमा तथाकथित साम्यवादी शीर्षस्थ नेताहरु र सांसदहरुले चलखेल गरेर माफियामूखी बुँदा राख्दै पारित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको उनले बताए।

डा.केसीले सोमबार बिहान सिन्धुलीका टंकबहादुर श्रेष्ठका खुट्टाको अप्रेशन गरेका थिए। त्यसपछि चिकित्सा विधेयकको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलका क्रममा रहेकाले उनले सच्चिने समयका लागि अनसन रोक्ने बताए।

अस्पतालमा रहेका डा. केसीलाई एक नर्सले ओपीडीमा पस्नुहुन्छ डा.साव? भन्ने प्रश्न गर्दा डा. केसीले जवाफ फर्काए 'ओपीडीमा बस्ने कि अनसन बस्ने सोचिरहेको छु।'

डा.केसीका पाँच माग

१- १५अौं सत्याग्रहका क्रममा २०७५ साउन १० गते सरकारसँग भएको संझौता कार्यान्वयन गरियोस्।

२- संझौताबमोजिम नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिवि पदाधिकारीलगायतका व्यक्तिहरुलाई  तत्काल सिफारिसबमोजिम बर्खास्तीलगायतका कारवाही गरियोस्।

३- गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिवि पदाधिकारीलगायतका व्यक्तिहरुलाई तत्काल सिफारिस बमोजिम बर्खास्तीलगायतका कारवाही गरियोस्।

४- सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रूत गतिमा अगाडी बढाइयोस्।

५- निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.