विप्लवका बाँके युवा संयोजक डोल्पामा पक्राउ
डोल्पा : नेकपा (विप्लव)का एकजना कार्यकर्ता डोल्पामा पक्राउ परेका छन्।नेकपा (बिप्लब)का बाँके जिल्लाका युवा इन्चार्ज डोल्पाको शुलिर्गाडमा पक्राउ परेका हुन्। बाँके जिल्ला कोहलपुर नगरपालिका ७ पिपेरीका १८ वर्षीय भरत पाहाडी शनिबार डोल्पाको शुलिगार्डबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
सरकारी कर्मचारीसँग चन्दा मागेर धम्की दिएको र एक साताभित्र नेकपा (विप्लव)को जनसरकार कार्यालयमा नआए कारवाही गर्ने चेतावनी सहमतिको प्रचा टाँस्दै गएका पाहाडीलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए।
डीएसपी बिष्टका अनुसार युवा संयोजक पाहाडीलाई शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद यादवलाई मागे अनुसारको चन्दा नदिए जनसरकारको कार्यालय आउनुपर्ने र यदि अटेर गरे जनसरकारले कारवाही गर्ने धम्की दिएकाले पक्राउ गरेको बताए।
बिना कारण सरकारी कर्मचारी माथि डर,धाक र धम्की दिने गरेको र प्रमाण सहित फेला पारेपछि नेकपा (बिप्लब)का बाँके जिल्ला युवा संयोजक भरत पाहाडीलाई सार्वजानिक कुसर ऐन अनुसार मुद्धा दर्ता गरिएको डीएसपी बिष्टले जानकारी दिए।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद यादबले सेतक चिनी(खिराङलो) को छुट पूर्जि व्यापारीबाट कमिसन खाएर दिएकोले गलत काम गर्नेलाई जनसरकारको कार्यालयमा लगेर छलफलबाटै समाधान गर्न बोलाएको नेकपाका एक कार्यकर्ताले जानकारी दिए।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतले जडिबुटीको पूर्जिमा व्यापारीबाट मोटो रुपमा कमिसन लिने गरेको प्रमाण र पीडितको गुणासो आफूकहाँ आएकोले पनि कारवाही भोग्नुपर्ने बिप्लब कार्याकर्ता दावी गर्छन्।
यस भन्दा पहिला गत फागुणमा संरक्षण अधिकृत रामदेव चौधरीलाई भ्रष्टाचार गरेको भन्दै कार्यकक्षमा नै गएर कालोमोसो दलेका थिए।यता निमित्त संरक्षण अधिकृत यादव भने नियमअनुसार छुट पूर्जि दिएको सरकारको कर बाहेक अन्य कुनै पनि रकम कमिसनको नाममा नलिएको जिकिर गर्छन्।