स्ववियु चुनाव समयमै गराउन त्रिविको पत्राचार
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारी गर्न सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई परिपत्र गरेको छ। विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सम्पूर्ण क्याम्पसलाई पत्राचार गरेर चुनावको तयारी गर्न अनुरोध गरेको हो।
दुई वर्षअघि भएको चुनावबाट विजयी पदाधिकारी तथा सदस्यको म्याद आउँदो फागन १८ गते सकिदैंछ। समयमै चुनाव गर्न तयारी गर्नुपर्ने भएकाले क्याम्पसलाई जानकारीसहित अनुरोध गरिएको त्रिविले जनाएको छ।त्रिवि अन्तर्गत ६० वटा आंगिक तथा एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्।