स्थानीयले दुव्र्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित
जुम्ला : चन्दननाथ नगरपालिका–३ का २६ जना कर्मचारीहरुले स्थानीयले दुव्र्यवहार सहित धम्की दिएपछि असुरक्षित रहेको भन्दै नारावाजी सहित आन्दोलन गरेका छन् ।
स्थानीय उपेन्द्र बुढ्थापाले वडा सचिव लोकेन्द्र मल्लमाथि दुव्र्यवहार गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । कर्मचारीहरुले प्रशासनसँग सुरक्षा माग्दै दोषीलाई कारवाही गर्नुपर्ने बताउँदै आएका छन् ।
विना कागजात योजना कार्य सम्पन्नको सिफारिस मागेपछि वडा सचिव मल्लले सिफारिस नदिँदा स्थानीय उपेन्द्रले दुव्र्यवहार गर्दै धम्की दिएको कर्मचारीहरुले बताउँदै आएका छन् ।
साथै वडाध्यक्षको आडमा ती स्थानीयले धम्की दिएको कर्मचारीहरुको बुझाइ छ । वडा नम्बर ३ का अध्यक्ष नन्दबहादुर बुढ्थापा र मेयर समेत कर्मचारीकै विपक्षमा छन् ।
योजनाको कार्यसम्पन्न कागजात लिएर जाँदा पनि सचिवले सिफारिस नदिएको आरोप वडाध्यक्षको छ । साथै यस घटनामा ‘तिललाई पहाड’बनाएको भन्दै कर्मचारीको गुनासोलाई उनले बेवास्ता गरेका छन् ।
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँले जनप्रतिनिधिको आडमा स्थानीयको दबाबले कर्मचारीलाई काममा हतोत्साहित बनाएको बताए ।