एटीएम मेसिन फोडेर चोर्न खोज्ने दुईजना पक्राउ
भक्तपुर : भक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका–७ स्थित सानिमा बैंकको एटीएम मेसिन फोरेर चोरी गर्न खोज्ने दुईजनालाई सोमबार पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेको तेमाल गाउँपालिका–२ सस्र्युँखर्क घर भई हाल बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नपा–६ बस्ने २६ वर्षीय को दिनेश सुकुभटु पक्राउ परेका हुन् ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले सोमबार सूर्यविनायकबाट समातेको हो ।
दुवैले पुस १८ गते गते राति पौने नौ बजे सानिमा बैंकको एटीएम मेसिन फोडेर चोरी प्रयास गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
१