प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर गर्न नपाए संसद चल्न नदिने
काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई प्रश्नोत्तर गर्न नपाएसम्म प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन चल्न नदिने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिइएपछि ‘रोस्टम’ घेरेर विरोध जनाएको कांग्रेसले बुधबार बस्ने बैठकमा प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गरेको हो ।
सोमबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेसले पुरानै अडान दोहो¥याएपछि संसद्मा कस्तो प्रश्नोत्तर चल्ने हो, त्यसमा जिज्ञासा उत्पन्न भएको छ । प्रतिनिधिसभा नियमावलीमा सार्वजनिक महŒवका विषयमा प्रधानमन्त्री÷मन्त्रीले वक्तव्य जारी गरेपछि सांसदले प्रश्न सोध्न पाउने व्यवस्था छ ।
कांग्रेसले उक्त प्रावधान कार्यान्वयन गर्नुपर्नेमा सभामुखको ध्यानाकर्षण गराएको हो । ‘नियमावलीको २१९ अनुसार सांसदले प्रश्न सोध्न पाउनुपर्छ, आइतबार हामीले प्रश्न सोध्न पाएनौं’, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘हामीले बुधबारको बैठकमा प्रश्न गर्न पाउनुपर्छ भनेका छौं । सभामुखले के गर्नुहुन्छ, त्यहीअनुसार निर्णय लिन्छौं ।’
कांग्रेसले सभामुखको भूमिकाप्रति पनि आशंका जनाएको छ । तटस्थ हुनुपर्ने सभामुखले पार्टीको सदस्यको रुपमा संसदमा प्रतिपक्षको आवाजलाई थुन्न खोजको कांग्रेसको आरोप छ । लोकतान्त्रिक ढंगले अघि बढ्न पर्नेमा सरकार मात्र होइन, संसद्मा समेत अधिनायकत्व कायम गरेको देखिएको कांग्रेसको आरोप छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री बोलेलगत्तै कांग्रेसले प्रश्न गर्न समय माग गरे पनि सभामुख महराले समय दिएनन् । समय नपाएपछि कांग्रेस आक्रोशित भएर रोस्टम घेर्न पुगेको थियो । कांग्रेसले संसदीय दलको बैठकसमेत बोलाएको छ ।