लेकमा पर्‍यो, गाउँमा परेन हिउँ

लेकमा पर्‍यो, गाउँमा परेन हिउँ

कालिकोट :  करिब एक दशक पहिले मंसिरमा नै हिउँले सेताम्मे हुने कालिकोट जिल्लाका अधिकांश गाउँ यस वर्ष माघ लाग्नै लाग्दा पनि उजाड छन्। २०५२ सालमा चैत महिनामा हिउँ पर्दा कर्णालीको छाल नजीकसम्म हिउँ पुगेको बुढापाकाको अनुभव छ। त्यसपछि २०५७ सालमा परेको हिउँले गाउँमा ३ दिनसम्म गाई भैसीलाई गोठ बाहिर ल्याउन नसकिएको स्थानीय बताउँछन्। २०६३ सालमा गाउँ ढाक्ने गरी हिउँ परेको थियो। त्यसयता गाउँमा बाक्लो हिउँ नै परेको छैन्। 

कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका- ७ निवासी ७४ वर्षीया वृद्ध सरुपे बोहोराका अनुसार २०६३ सालयता  गाउँमा सेताम्मे हुने गरी हिउँ नै परेको छै। उनले भने, 'अहिले त खडेरीको समस्याले सताइरहेको छ। चार ‍वर्षयता समयमै वर्षा नहुँदा हिउँदे बालीले राम्रो उत्पादन पनि दिएको छैन्। 'गाउँमा न हिउँ आउँछ नत समयमा पानी आउँछ, उनले भने, 'आकाशे पानीको भरमा खेती हुने पाखो जमिन बाँझो छ। झण्डै चार वर्षदेखि त समयमै मेघ नआउँदा समयमै बाली लगाउन पाएका छैनौं।'

समाजसेवी कटकबहादुर शाहीका अनुसार जिल्ला सदरमुकाम ढाक्ने गरी हिउँ नपरेको धेरै वर्ष भयो। पूर्व जिल्ला विकास समितिका सभापती समेत रहेका शाहीले भने, 'वर्षौं भइसक्यो, हिउँ नजिकबाट नदेखेको।

'आँखाले निहाल्न सकिने लेकाली भेकमा हिउँ आउँछ। त्यतैबाट बिलाएर जान्छ। पहिले गाउँमै हिउँ आएर दुई दिन दिनसम्म जमेर रहन्थ्यो। किशोर किशोरहरु  हिउँमा खेल्ने, हिउँ खाने गथ्र्ये तर अहिलेका केटाकेटीले हिउँ छुन पनि नपाउने भए। उनले भने, 'जाडो पहिलेको र अहिलेको उस्तै छ। तर अहिले गाउँमा हिउँ पर्दैन। हिउँ नपरेपछि जाडो निकै हुने गरेको छ। 

किसान गहुँ छर्ने तयारीमा

जिल्लाका अधिकांश पाखो जमीन बाँझै छ। वर्षा नहुँदा आकाशे पानीको भरमा खेती हुने जमीन बाँझो रहेको हो। जिल्लाको पचालझरना गाउँपालिका-७ निवासी कृषक नमराज बुढाले भने, 'मेरो जग्गा सबै बाँझो छ। भारी वर्षा नहुँदा गहुँ लगाउन पाएको छैन। गाउँमा हिउँ नआएपनि गहुँ लगाउनका हल्का पानी परेको छ। अब गहुँ छर्ने तयारी गर्नेपर्ला।' उनी मात्र होइन् नानिकोटका सबै किसानको पाखो बारी बाँझै छ। उनीहरु पनि वर्षा रोकिएपछि गहुँ छर्ने तयारीमा छन्। 

जिल्लाको खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख प्रशुराम काफ्लेले जिल्लामा अहिले पनि करिब ६ हजार हेक्टर गहुँखेती हुने पाखो जमीन बाँझै रहेको बताए। उनले भने, 'आकाशे पानीको भरमा खेती हुने पाखोबारी बाँझै छ। वर्षा नहुँदा किसानले गहुँ लगाउन पाएका छैनन्। बल्ल जिल्लामा वर्षा भएको छ।अब किसान गहुँ छर्ने तयारीमा छन्। उनले विगत केही वर्षयता मंसिरमा छरिसक्नुपर्ने गहुँ समयमै वर्षा नहुँदा किसानले पुस, माघ र फागुनमा समेत छर्ने गरेको बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.