रुकुम आठबीसकोटमा वाइन र जुस उद्योग

रुकुम आठबीसकोटमा वाइन र जुस उद्योग

मुसीकोट : रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ राडी बजारमा स्थानीय स्तरमै उत्पादित फलफूललाई सदुपयोग गर्न वाइन तथा जुस उद्योग सञ्चालनमा आएको छ। नगरपालिका र स्थानीय युवाको संयुक्त लगानीमा उद्योग सञ्चालनमा आएको हो।

पाँच करोड लगानीमा उद्योग सुरु गरिएको हो। उद्योगमा नगरपालिकाको ४० प्रतिशत अर्थात् दुई करोड लगानी छ भने नगरपालिकाका ५० जना युवाको बाँकी लगानी छ। जसमा ७५ हजारदेखि तीन लाखसम्म प्रतिव्यक्ति लगानी युवाले गरेका छन्। आठबीसकोट ड्रिङ्स इन्ड्रष्टिज प्रालिको नामबाट उद्योग सञ्चालनमा ल्याइएको नगरप्रमुख गोरखबहादुर केसीले बताए। उद्योगले पहिलो चरणमा वाइन उत्पादन गर्ने र त्यसपछि जुसतर्फ लाग्ने जनाएको छ।

 बजार नपाएर कुहिएर जाने फलफूललाई सदुपयोग गर्ने र रोजगारी तथा आयआर्जन बढाउन उद्योग सञ्चालन गर्न लागिएको हो। वाइन उत्पादनका लागि पम्प्यान्टिङ ट्यांकी जडान गरी अहिले स्थानीय वनजंगलमा उत्पादन हुने डिम्मुर र मह मिसाएर औषधि राखेर कुहाउन राखिएको प्रमुख केसीको भनाइ छ। उनका अनुसार, यसबाट आउँदो जेठ महिनामा दुई लाख ५० हजार लिटर वाइन उत्पादन हुनेछ।

उद्योगबाट उत्पादन हुने उक्त वाइनको मूल्य प्रति ६ सय मिलिमिटरको एक हजारदेखि एक हजार पाँच सयसम्म पर्ने अनुमान गरिएको छ। उत्पादित वाइन तथा जुसलाई पहिलो चरणमा काठमाडौं, पोखरा, सुर्खेत, नेपालगञ्ज, बुटवलसम्म निर्यात गर्ने र पाँच वर्षपछि प्रतिवर्ष सात लाख ५० हजार लिटर वाइन उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा समेत पठाउने योजना रहेको नगरप्रमुख केसीले बताए। शतप्रतिशत हर्वल वाइन भएकाले यसको माग अत्यधिक हुने उनको भनाइ छ।

उद्योगमा हरेक वर्ष नगरपालिका र स्थानीयबाट समेत लगानी सँगै उत्पादन क्षमता पनि बढाउने नगरपालिकाले जनाएको छ।

उद्योगका लागि भारतको सोला वाइनले प्रयोग गरेको प्रविधि र जनशक्तिसमेत ल्याइएको छ। अहिले डिम्मुर र महबाट वाइन उत्पादन गर्न थालिएकोमा केही वर्षपछि किबीको रसबाट समेत वाइन उत्पादन गर्ने योजना रहेको उद्योगले जनाएको छ।

 यसवर्ष मात्रै नगरपालिकाको अनुदानमा ४० हजार किविका विरुवा नगरभित्रका कृषकले लगाएका छन्। आगामी वर्ष काफल, चिउरी, मह, लालीगुराँस, लगायतको समेत सदुपयोग गर्दै उद्योगलाई प्रवद्र्धन गर्ने सञ्चालक मध्येका एक दलबहादुर शाहले बताए।

स्थानीय स्तरमै उद्योग सञ्चालनमा आएपछि कृषक उत्साहित भएर किवि खेती गर्न थालेका छन्। किवीलगायत फलफूल खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन फलफूल विकास केन्द्र कीर्तिपुरमा प्रस्ताव पेश गरिएको र सहयोग पाउने अपेक्षा गरिएको छ। उद्योगमा अहिले २५ जनाले दैनिक रोजगारी पाएको र १५ जनाले प्रत्यक्ष रोजगारी पाउने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.