डोनाल्ड ट्रम्पले किन फोन गरे मोदीलाई ?
वासिङटन : भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको छ । भारतसँग अमेरिकी ब्यापार घाटा कम गर्ने तथा अफगानिस्तानमा दुई देशको सहयोग बढाउने लगायत विषयमा कुराकानी भएको हो ।
अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरे अनुसार मोदी र ट्रम्पले दुई देशबीच रणनीतिक साझेदारी बढाउने कुरामा सहमति भएको छ । साथै सुरक्षा सहित एसियाली क्षेत्रमा विकास बढाउने बारे प्रयास जारी रहेको बताइएको छ ।
मोदी र ट्रम्पबीच सोमबार भएको कुराकानी अमेरिकी पक्षबाट जानकारी ह्वाइट हाउसले विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो । वार्तामा अफगानिस्तानको शान्ति स्थापना लगायत विषयमा अमेरिका र भारतले कसरी सहकार्य गर्न सक्छन् भन्नेबारे महत्व दिइएको थियो । गत वर्ष भारतले रुससँग हतियार खरिद गरेपछि रुष्ट भएको अमेरिकाले भारतसँग फेरि सहकार्यको लागि आग्रह गरेको छ ।
सार्वजनिक रुपमै भारतविरुद्ध अभिव्यक्ति दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गर्दै सहकार्यका लागि आग्रह गरेका हुन् ।
अमेरिकाले ब्यापार घाटा कम गर्न सन् २०१८ मा भारतबाट एल्मुनियम तथा स्टीलको आयातमा शुल्क बढाएको थियो । साथै अफगानिस्तानमा अमेरिकाले आफ्नो सैनिक संख्या घटाउने प्रयास गरेको बताइएको छ ।