लागूऔषध दुव्र्यसनीमा फस्दै युवा

लागूऔषध दुव्र्यसनीमा फस्दै युवा

जुम्ला : यही पुस ११ गते चन्दननाथ नगरपालिका चारका २३ वर्षीय दिपबहादुर खत्री प्रक्राउ परे। ६ मिलीग्राम ब्राउन सुगरसहित उनी रंगेहात प्रक्राउ परे। उनी पक्राउ परेको दुई दिनपछि चन्दननाथ-३ का २५ वर्षीया सूर्य नेपालीलाई समेत ६ मिलिग्राम ब्रहाउन सुगरसहित प्रहरीले रंगेहात पक्राउ गर्‍यो। उनी दुबैजना अहिले प्रहरी हिरासतमा छन्।उनीहरुमाथि लागूऔषध ओसार पोसार मुद्धा चलाई अनुसन्धान थालिएको छ।

यस अघि पनि जिल्लाका विभिन्न स्थानबाट दर्जन बढी युवा लागूऔषध ओसार पोसार तथा प्रयोगकर्ताको रुपमा पक्राउ परेका छन्। पटकपटक ब्रहाउन सुगरसहित युवाहरु प्रक्राउ पर्नुले जिल्लामा लागूऔषध दुव्र्यसनीमा फसेका युवाको संख्यामा वृद्धि भएको प्रहरीको दावी छ।

प्रहरीका अनुसार किशोर अवस्थादेखि नै युवाले लागूऔषध सेवन गरेका कारण विभिन्न जघन्य अपराधका घटना समेत बढ्दै गएका छन्। साथी भाइको लहलहै तथा अशिक्षा र बेरोजगारीका कारण लागूऔषध दुव्र्यसनमा फसेको प्रयोगकर्ता बताउँछन् । 

जिल्ला सदरमुकाम खलंगामा मात्रै नभएर जिल्लाका गाउँगाउँसम्म लागूऔषध ओसारपोसार तथा दुव्र्यसनको खतरा बढेको डीएसपी सिताराम रिजालले बताए। 'लागूऔषध दुव्र्यवसनमा संलग्नबारे प्रहरीको अनुसन्धान जारी छ, यो अपरेसन प्रहरी एक्लैले गरेर सम्भव छैन, उनले भने, 'युवालाई दुब्र्यसनबाट टाढा राख्ने वातावरण बनाउनु सबै निकायको दायित्व हो, प्रहरी नियन्त्रणमा रहेकालाई कानुनअनुसार जरिवाना तथा कैद सजाय हुन्छ।' 

औषधि पसलबाटै लागूऔषध किनबेच

जिल्लाका नीजि औषधि पसलले लुकिछिपी लागूपदार्थ बेच्ने गरेको पाइएको छ। दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागूपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताए पनि पछिल्लो समय जिल्लाभित्रकै औषधि पसलबाट लागूऔषध किनबेच हुने गरेको छ।

मेडिकलले अफिम, कोकिन, हिरोइन तथा ब्राउन सुगरजस्ता लागूपदार्थ बेच्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तथ्य प्रमाण भेटिए किनबेच गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने इन्सपेक्टर प्रकाश केसीले बताए। मेडिकल सञ्चालक तथा लागूपदार्थ प्रयोगकर्ताबीचको मिलेमतोमा लागूऔषध कारोबार हुँदा प्रहरीलाई समेत अनुसन्धान गर्न समस्या भएको छ।  

विद्यालयमा सचेतना कार्यक्रम 

लागूऔषध दुव्र्यसन र साइवर क्राइममा विद्यालय पढ्ने उमरका किशोर किशोरी फस्दै गएपछि जिल्ला प्रहरी कार्यालयले विद्यालयमै गएर सचेतना कार्यक्रम गर्न थालेको छ।युवामा बढ्दो लागूऔषध दुव्र्यससन र साइबर क्राइमको जोखिम घटाउन किशोर किशोरीका लागि विद्यालय स्तरबाटै सचेतना दिन आवाश्यक रहेको डीएसपी रिजालले बताए। 'यस्तो सचेतना कार्यक्रम चन्दननाथ नमूना माविबाट सुरु गरेका छौं, यसलाई जिल्लाभर निरन्तरता दिन स्थानीय तहको पनि सहयोग आवाश्यक छ,' उनले भने। 

सचेतना कार्यक्रमले जिल्लामा बढ्दो लागूऔषध दुव्र्यसन र साइवर क्राइमसँगै बालबिवाह समेत न्युनिकरण हुने नागरिक समाजको अपेक्षा छ। सूर्तिजन्य र मदिराजन्य वस्तुबाट बालबालिकालाई टाठा राख्न विज्ञहरुको सुझाब छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.