सडक दुर्घटनाबारे छलफल गर्न डिला संग्रौलाको प्रस्ताव

सडक दुर्घटनाबारे छलफल गर्न डिला संग्रौलाको प्रस्ताव

काठमाडौं : संघीय सांसद डा. डिला संग्रौलाले प्रतिनिधिसभामा सडक दुर्घटनाबारे छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् ।

सडक दुर्घटनाले धेरैको ज्यान गएको भन्दै त्यसमाथि सरकारको ध्यानाकर्षण गराउँदै उनले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् ।

प्रहरीको तथ्यांक सहित उनले आफ्नो प्रस्तावमा लेखेकी छन्, ‘पछिल्लो ५ वर्षमा ४० हजार ७ सय ७७ दुर्घटना भए, जसमा ८ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । यसरी हेर्दा एक वर्षमा सरदर २ हजार व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको तथ्यांक छ ।’

हरेक दिन भएका सडक दुर्घटनामा सरकारको ध्यान पुग्न नसकेको । असुरक्षित सडक र संवेदनहीन राज्य संयन्त्रका कारण दुर्घटना बढिरहेको उनको प्रस्तावमा उल्लेख छ ।

सांसद संग्रौलाले दुर्घटना रोक्न सरकारले विशेष ध्यान दिनुपर्ने पनि उल्लेख गरेकी छन् । यसबाहेक नेपालमा १ लाख सवारी साधन, सडक संजालको सीमित लम्बाइ भएको बेलामा तर्जुमा गरिएका कानून अहिलेसम्म पनि अद्यावधिक गर्न नसकिएको उनको टिप्पणी छ ।

डा. स्रंग्रौलाले बुँदागत रुपमा तीन मुख्य कारण उल्लेख गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रतिनिधिसभामा सडक दुर्घटना र यसको संवेदनशिलताबारे छलफलको प्रस्ताव गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.