पुस्तक प्रदर्शनीमा पाठकको मुख्य रोजाइ 'नेपाली बृहत् शब्दकोष'

पुस्तक प्रदर्शनीमा पाठकको मुख्य रोजाइ 'नेपाली बृहत् शब्दकोष'

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा ‘नेपाली बृहत् शब्दकोष’ पाठकको मुख्य रोजाइमा परेको छ।

यही पुस १५ गतेदेखि सुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी बिक्री भएको पुस्तक नेपाली शब्दकोष हो। प्रदर्शनीमा रु दुईदेखि एक हजार ४०० सम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखे पनि रु एक हजार ३५० को उक्त पुस्तक रोजाइमा परेको हो। 

उक्त पुस्तक गत साउनमा दशौँ संस्करण निकालिएको थियो। अहिलेसम्ममा सो पुस्तक दुई हजार प्रति बिक्री भएको मेलाका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए। त्यसैगरी ‘विश्वका प्रमुख धर्म’ नामक पुस्तक पनि पाठकको रोजाइमा परेको छ। उक्त पुस्तक पनि ६०० प्रति बिक्री भएको छ। यस पुस्तकमा विश्वमा मानिँदै आएको मुख्य धर्म र त्यसको उत्पत्तिका बारेमा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो। 

प्रतिष्ठानको कार्यालय परिसरमा जारी प्रदर्शनी यही पुस २९ गतेसम्म चल्ने छ। मेलामा भाषा, साहित्य, दर्शन, समाजशास्त्रबारे लेखिएको पुस्तक राखिएको छ। मैथिली, भोजपुरी, गुरुङ र लिम्बू जातिका भाषाको शब्दकोषसँगै मानिसको जन्मदेखि मृत्युसम्मको जातीय संस्कारबारे जानकारी दिने पुस्तक पनि बिक्रीका लागि राखिएका छन्। 

विसं २०६८ देखि ०७५ सम्ममा प्रकाशित पुस्तकमा १५ र त्यसअघिका पुस्तकमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ। प्रदर्शनीमा पुराना लेखकहरु सिद्धिचरण श्रेष्ठ, बिपी कोइराला, लीलबहादुर क्षेत्रीलगायत र पछिल्ला समयका जीवेन्द्रदेव गिरी, वीणा पौडेल, हरिप्रसाद पौडेल, गोविन्दराज भट्टराईले लेखेका पुस्तक छन्। दैनिक सय पाठक प्रदर्शनीमा आउने गरेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.