८१ वर्षे उमेरमा पहिलो पटक नागरिकता र मतदाता परिचय

८१ वर्षे उमेरमा पहिलो पटक नागरिकता र मतदाता परिचय

कालिकोट : खाँडाचक्र नगरपालिका–४ निवासी रिउका कामीले ८१ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छन् ।

सदरमुकाम मान्मकी बासिन्दा भए पनि परिवारका सबै सदस्यसँगै भारतको हिमाञ्चल बस्दै आएकाले यसअघि नागरिकता लिन पाएकी थिइनन् । रिउकाले पहिलो पटक ८१ वर्षको उमेरमा नेपाली नागरिकतासँगै मतदाता नामावलीमा पनि नाम दर्ता गराइन् ।

छोरा मोतीका अनुसार लामो समयदेखि भारतमा बसेकाले नागरिकता लिने अवसर नमिलेको हो । नागरिकता नहुँदा यसअघि बृद्धभत्ता लगायत नेपाली नागरिकले पाउने सेवा सुविधाबाट बञ्चित रहेको मोती बताउँछन् ।

एक महिनाअघि नेपाल आएको मौकामा नागरिकता लिएको रिउकाले बताएकी छन् । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्दै रिउकालाई हस्तान्तरण गरेका हुन् ।

उनका अनुसार जिल्लाका ग्रामिण स्तरका केही बृद्ध बुद्धाहरुले अझै नागरिकता पाएका छैनन् । आमाको नागरिकता कम प्रयोगमा आउने भएकाले जिल्लाका दुर्गम ठाउँका महिला नागरिकता लिन नआउने गरेको दुलाल बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.