वीपीलाई हानेको गोली थाप्‍ने प्रजातन्त्र सेनानी तारानाथ रहेनन्

वीपीलाई हानेको गोली थाप्‍ने प्रजातन्त्र सेनानी तारानाथ रहेनन्

बेसीसहर : प्रजातन्त्रका सेनानी एवं नेपाली कांग्रेस लमजुङका संस्थापक सभापति तारानाथ कोइरालाको निधन भएको छ। पेटसम्बन्धी रोगले थलिएका कोइरालाको पोखारास्थित मणिपाल अस्पतालमा मंगलबार बिहान निधन भएको हो।

७६ वर्षका कोइराला मणिपालमा पाँचदिन देखि उपचाररत थिए। मध्यनेपालको सिसाघाटमा उनको दाहसंस्कार गरिने नेपाली कांग्रेस लमजुङका सचिव हरि बरालले जानकारी दिए।

२०३६ सालमा बीपी कोइरालालाई हानेको गोली थाप्दा कोइरालाले एउटा खुट्टा गुमाउन पुगे।

२०३६ साल असोज ८ गते स्याङ्जामा जनमत संग्रहको बेला भएको आमसभाबाट फर्कदा पुलिस र मण्डलेले बीपीलाई हानेको गोली उनले थापेका थिए। जिउँदो छँदा उनी भन्ने गर्थे, ‘मैले त्यतिबेला गोली नथापेको भए बीपी मर्नुहुन्थ्यो।’

लमजुङ कांग्रेसका संस्थापक सभापति (२०३३–०४६) कोइरालाले त्यसयता पार्टीमा कुनै जिम्मेवारी पाएनन। उनलाई पटक पटक पार्टीको आन्तरिक चुनावमा हराइयो।

पार्टी र राज्यबाट कुनै सहयोग नपाएपछि उनी गाउँघरमै दुःखजिलो गरेर जीवन बिताउँदै आएका थिए। २०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाउन खोजेपनि हार्नेबेला अवसर दिएको भनेर उनी उठ्न मानेनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.